मेचीनगरको प्रमुखमा एमालेका बुढाथोकी र उपप्रमुखमा उप्रेती विजयी

0
750

झापा ।

झापाको मेचीनगर नगरपालिकामा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी प्रमुख पदमा विजयी भएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै मिना उप्रेती विजयी भएका हुन् । प्रमुख पदमा एमालेका बुढाथोकीले २६,४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१,३११ मत पाए । एमालेका बुढाथोकीले प्रदेश संसद पदबाट राजिनामा दिएरमा नगर प्रमुखमा उम्मेद्वारी दिएका थिए ।

उपप्रमुखमा एमालेकी उप्रेती पुनः दोहोरिएकी छन्। उनले २१,५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२,८१८मत पाए । राप्रपाकी सविना बजगाँई तेस्रो भइन्। उनले ९८८० मत पाइन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७ सय ७६ मत ल्याएर विजयी भएका थिए । यसपटक भने कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण पनि पराजय भोग्नु परेको अनुमान एक कांग्रेस नेताको भनाई छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगरमै कांग्रेस पराजित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here