पतञ्जल योग समिती दमकद्वारा नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान

0
411

उमानाथ भण्डारी
कमल ।

पातञ्जल योग समिती नेपाल दमक नगर समितीले आज एक कार्यक्रमका बीच दमक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई स्वगत सम्मान गर्नुका साथै पशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।

नगरपालिकाको वडा नम्वर ७ स्थित पौडेल वंशोद्वार प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचन बाट नगरपालिको मेयरमा निर्वाचित रामबहादुर थापा, उपमेयर रेगिना भट्टराई (प्रसाई) वडा नम्वर ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल, वडासदस्य अजित बान्तवा राई, मानवहादुर खवास, महिला सदस्य ईन्दु पौडेल र दलित महिला सदस्य तारा रणपहेलीलाई स्वागत सम्मान गरिएको थियो ।

त्यस्तै प्रारम्भिक योग पशिक्षक पशिक्षण तालिममा सहभागी प्रशिक्षार्थिलाई प्रमाणपत्र वितरण गरिएको थियो । हिजो कुनै एउटा दलको झण्डा र चुनाव चिन्न लिएर म चुनावमा उमेद्वार बनेको थिए अहिले निर्वाचित भै सकेको छु , अव म कुनै एउटा दलको नभएर सम्पुर्ण नगरवासीको जनप्रतिनिधी भएको छु त्यसैले योगलाई सबै दागरिक सम्म पुर्याउनकालागी आफुले सकेको सहयोग गर्ने नगर प्रमुख राम बहादुर थापाले बताए ।

अहिले योगलाई नेपाल सरकारले पाठ्यक्रममा समेवेस गरि सकेको हुनाले आफ्नो वाडामा भएको सामुदायकि विध्यालयमा यसै शैक्षिकसत्र बाट योगको कक्षा सन्चालन गर्ने व्यवस्था मिलाउने दमक नगरपालिका वडा नम्वर ७ का अध्यक्ष भीमप्रसाद पौडेलले बताए ।

सर्वाङ्गीण विकासको लागी योग अनिवार्य छ । जब सम्म मानिस स्वस्थ्य हुदैन उसले जीवनमा केहि गर्न सक्दैन त्यसैले स्वस्थ्य रहने एक मात्र उपाय भनेको दैनिक विहान २ घण्टा योग अभ्यास गर्नुपर्ने बताइएको छ । योगले मानिसलाई तनाव रहित जीवन जिउन सिकाउछ त्यसैले पछिल्लो समय नेता, विद्यार्थी, खेलाडी, कर्मचारी लगायत सबैले योग गर्न आवश्यक रहेक पातञ्जल योग समिती नेपालकी दमक नगर अध्यक्ष हेमन्तीदेबी गजुरेल बताइृन् ।

सरकारले विद्यालयको पाठ्यक्रममा योगलाई समावेश गरे पनि प्रशिक्षक अभावका कारण अहिले विध्यालयमा योगको कक्षा सन्चालन हुन सकेको छैन त्यसैने नवनिर्वाचित जनप्रतिनिधीले यस विषयमा गम्भिर लाएर लाग्नु पर्ने छ । जनप्रतिनिधीले अवश्यक सहयोग गरेमा पातन्जल योग समिती नेपालले प्राविधिकपक्षमा पुर्ण रुपमा सहयोग गर्ने पातन्जल योग समिति नेपालका उपाध्यक्ष तथा विभागिय प्रमुख गंगा ढकालले बताए ।

पछिल्लो समय आयुर्वेद चिकित्सा पद्घती र योग लाई संगसंगै लान आवश्यक छ । यि दुबै मानव स्वस्थ्यका लागी अपरिहार्य हो दमक नगरपालिकामा योग भै रहेपनि सरकारी तवर बाट आयुर्वेद चिकित्सा पद्घती नभएकोले त्यसलाई दमक नगरपालिकाले सन्चालनमा ल्याएर जनतालार्य निशुलक उपचार दिने व्यवस्था मिलाउन पातन्जल योग समिती नेपालका केन्द्रिय सदस्य जिपी तिवारीले बताए ।

कार्यक्रम पातन्जल योग समिती नेपाल दमक नगर समितीका सचिव अम्बर बस्नेतले सन्चालन गरेका थिए भने जिल्ला कोषध्यक्ष लीला भारती वनले स्वगत गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here