दुई दशकबाट गाईको संरक्षणमा लागेका भीम

0
244

हिन्दूधर्म दर्शनले गाईलाई आमाको दर्जा दिएको छ । गाईको पूजालाई हिन्दू धर्मले विशेष महत्व दिन्छ । प्राचीन समयदेखि नै अन्य घरपालुवा जनावरहरुमा गाईको महत्व धेरै छ । गाईलाई नेपालको संविधानले समेत राष्ट्रिय जनावरको रुपमा लिइएको छ । हिन्दू धर्म दर्शन अनुसार गाईलाई माताको रुपमा पूजा यसकारण गरिन्छ कि गाईमा सबै देवता निवास गर्छन् । त्यस्तै प्रकृतिको कृपा पनि गाईको सेवा गर्नुमा नै मिल्छ ।

प्राचीन समयदेखि गौदानलाई सबैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सबैभन्दा ठूलो महापाप भन्ने गरिन्छ । गाईको धार्मिक तथा आर्थिक दृष्टिले मात्र महत्व छैन । केही वैज्ञानिक तथ्य पनि छन् जसले गर्दा गाईको महत्व दर्शाउछ । दूध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ । तर, गुणका हिसाबमा गाईभन्दा राम्रो केही छैन । गाईको दूध, गाईको दूधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन । गाईको दूध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई श्वास फेर्नको लागि अक्सिजनको आवश्यकता पर्छ । गौतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी हुन्छ । गौ पोटेशियम, सोडियम, नाइट्रोजन, फास्फेट, यूरिया, यूरिक एसिड तथा दूध दिने समयमा हुने गौतमा लेक्टोजको मात्रा धेरै हुन्छ । जसलाई चिकित्सीय दृष्टिले लाभकारी मान्छि । नेपाल, भारत लगायतका देशमा गाईको विशेष पूजा गर्ने चलन रहेको छ । गाईलाई आमासँग तुलना गरेर सेवा गर्ने गरिन्छ ।

तीनै गाईको संरक्षणमा लामो समयदेखि अभियन्ताकै रुपमा लागेका झापाका भीमप्रसाद भट्टराईलाई नचिन्ने सायद कमै होला । खुल्ला सीमानाको फाइदा उठाउँदै नेपालबाट भारततर्फ गाई तस्करी हुने भएकाले त्यसलाई रोक्न भट्टराई ज्यानको बाजी राख्न पनि पछि पर्दैनन् । झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभाराका भट्टराईको दैनिकी घरको काम सके लगत्तै गौ संरक्षणमा बित्ने गरेको छ । २०५० सालबाट निरन्तर रुपमा गौ संरक्षणमा लागेका उनले कतिपय स्थानमा गाईको तस्करी गर्नेहरुबाट कुटाई पनि खाएका छन् । निरन्तरको प्रयासले नै उनी अहिले सफल बन्दै गएका छन् । नेपालबाट बिक्री गरी भारततर्फ मासुका लागि लगिँदै गरेका गाईलाई उनले सीमामा नै रोकर प्रहरीको सहयोगमा नेपाल फर्काएका छन् ।

उनले उद्धार गरेका गाईहरु शिवसताक्षी स्थित श्रीगोलोक गोबरद्र्धन गौशालाधामस्थित गौशालामा पु¥याउने गरेका छन् । गौशालाका लागि सताक्षीधाम समितिका अध्यक्ष प्रसाद सुब्बाले जग्गा उपलब्ध गराएर अहिले सो स्थानमा आठ सयभन्दा धेरै गाईहरु रहेका छन् । झिलझिलेका मोतीबहादुर चापागाईले गौ संरक्षणमा लागेका भट्टराई र आर्चाय नन्दकिशोर भारद्धाजलाई सुब्बासँग भेट गराएर आफ्नो उद्देश्य राख्न लगाएका थिए । आमा र गाईलाई संरक्षण गर्न सकियो भने जीवनमा कहिले दुख्न भोग्नु नपर्ने भन्दै उनीहरुको सामुहिक पहलमा गौशाला २०७१ सालमा सञ्चालनमा ल्याइएको हो । गौशालाको सम्पूर्ण जिम्मेवारी अहिले नन्दकिशोर भारद्धाजले गरिरहेका छन् । धामको संरक्षणमा वेदप्रकाश अग्रवाल लगायतले पनि सहयोग गरिरहेका छन् ।

भारतका विभिन्न स्थानमा गाई काटेर बिक्री गरिने भएकाले उक्त स्थानमा गाई पु¥याउन नेपालीहरु पनि संलग्न गरेको गरेको भन्दै गाईलाई मासुका लागि बेच्नु भनेको आमा बेच्नु सरह भएको उनको भनाइ छ । सानैबाट धार्मिक स्वभावका भट्टराईले गाईको संरक्षणमा लागेसँगै परिवारको पनि साथ सहयोग पाएका छन् ।

उनकी श्रीमती तुलसा भट्टराई र एक छोराका विभूषण भट्टराई रहेका छन् । गाईको संरक्षणमा लागेका सँगै कसैले तस्करी गरेर भारततर्फ लैजादै गरेको थाह पाएमा तुरुन्त स्थानीयले उनैलाई फोन गर्ने गरेका छन् । उनले गाईलाई लक्ष्मी माताको रुपमा पूजा गर्ने गरिएकाले हामी सबैले गाईको संरक्षण्मा जुट्नु पर्ने बताए । गाईको संरक्षणमा झापा प्रहरीले उल्लेख्य सहयोग रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here