कक्षा १२सम्म निःशुल्क अध्ययनको माग

0
461

बाह्रदशी ।

कक्षा ११ र १२ सम्मका विद्यार्थीलाई निःशुल्क अध्ययनको माग गरिएको छ ।

झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ र १२ सम्मका विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग गर्दै गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाँईलाई ज्ञापन–पत्र बुझाएका छन् ।
राप्रपा बाह्रदशीका अध्यक्ष पूर्णबहादुर कटुवालले गाउँपालिका अध्यक्ष चम्लागाँईलाई ज्ञापन–पत्र बुझाएका थिए ।

राप्रपाले ज्ञापन–पत्रको बोद्धार्थ इलाका प्रहरी कार्यालय राजगढलाई पनि बुझाएको छ । ‘बाह्रदशी गाउँपालिका भरी विभिन्न वडाहरुमा एसईई परीक्षा उत्तीर्ण गरेका आर्थिक अबस्था दयनीय भएको कारणले कक्षा ११ भर्ना हुनबाट बञ्चित भएका र ११–१२ कक्षा अध्ययन गर्न समेत नपाउने देखिएकोले आर्थिक अभावकै कारणले जेहेन्दार विद्यार्थीहरु पढ्नबाट बञ्चित हुनु बाह्रदशी गाउँपालिकाका लागि अभिशाप हो ।

शिक्षा जस्तो संवेदनसिल विषय भएकोले पढ्नबाट कोही पनि बञ्चित हुनु नपरोस्, शिक्षाको ज्योति सबैले पाउनु पर्दछ, यो राज्यको कर्तव्य र जिम्मेवारी पनि हो । राज्यले यसको जिम्मा पनि लिनुपर्दछ’– ज्ञापन पत्रमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here