कनकाईले नगर सभाको उद्घाटन सत्रमा विभिन्न ८ समिति गठन

0
326

कनकाई, झापाको कनकाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो नगर सभा सम्पन्न गरेका छन् । नगर सभाको उद्घाटन सत्रमा कार्यपालिकाले गठन गरेको विभिन्न समितिको अनुमोदन भएको छ ।

कनकाई नगरपालिकाको ११ औं नगर सभाको रुपमा संचालन भएको यो पहिलो सत्रमा विभिन्न ८ वटा समिति गठन गरी अनुमोदन गरेको बताइएको छ । जस मध्ये कार्यपालिकाको विषयगत ५ वटा समिति रहेका छन् भने नगर सभा अन्तर्गतका ३ वटा विषयगत समिति गठन भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । समिति गठनसँगै विषयगत संयोजकसहित सदस्यहरु समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

जसअनुसार उपप्रमुख आशा शिवाकोटीको संयोजकत्वमा रहने न्यायिक समितिको सदस्यमा नवलकिशोर दत्त र बलराम राई(प्रताप) रहेका छन् । नगर सभा विषयगत विभिन्न ३ वटा समिति अन्तर्गत सार्वजनिक लेखा समितिको संयोजकमा भगन टुडु र सदस्यहरुमा सुष्मा परियार, हरिकुमार राई, अरुणा सुव्वा रहेका छन् ।

त्यस्तै सुशासन समितिको संयोजकमा सावित्रादेवी बर्देवा रहेकी छन् भने सदस्यहरुमा भक्तवहादुर विष्ट, सन्तोष सोरेन र डिल्लु उप्रेती चयन भए । त्यस्तै विधायन समितिको संयोजकमा निर्मला खडका पौडेल, सदस्यहरुमा क्रमशः शेषप्रसाद प्रसाईँ, निर्मल आङथोपो र राधाकुमारी विश्वकर्मा रहेका छन् ।

कार्यपालिकाको विषयगत ५ वटा समिति अन्तर्गतको सार्वजनिक लेखा तथा क्षमता विकास समितिको संयोजकमा लक्ष्मी कट्वाल चयन भएकी छन् भने सदस्यहरुमा कविता विक, दलवहादुर थापा र गोविन्द सुवेदी सर्वसम्मत भएका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कृष्णमाया भुजेल चयन भएकी छन् भने सदस्यहरुमा नरहरी थपलिया, मोहनप्रसाद संग्रौला र कल्पना विक रहेका छन् ।

त्यस्तै सामाजिक विकास समितिको संयोजकमा नवलकिशोर दत्त, सदस्यहरुमा अर्जुनकुमार राजवंशी, गोविन्द कार्की र तारा दमाईँ सर्वसम्मत चयन भएका छन् । पूर्वाधार विकास समितिको संयोजकमा नरादेवी मगर चयन भएकी छन भने सदस्यहरुमा अनिलकुमार गोयल, नरमान श्रेष्ठ र मन्दिरा विक सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै वन, वातावरण तथा विपत व्यवस्थापन समितिको संयोजकमा चेता राई र सदस्यहरुमा बलभद्र ढुङ्गेल, कुमारी द्रौपदी गौतम र सुलभ भण्डारी सर्वसम्मत रुपमा चयन भएको बताइएको छ र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्।

नगर प्रमुख पोखरेलको सभापतित्व रहेको कार्यक्रममा उपप्रमुख आशा शिवाकोटीले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सहजीकरण गरेका थिए । नगर सभाको दोस्रो सत्र आगामी असार ३ गतेका दिन कनकाईको नीति तथा कार्यक्रमसहित संचालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here