राजदूत शर्मा भुटानी समकक्षी भेटेर बिग्रिएको सम्बन्ध ट्रयाकमा ल्याउन कस्सिए, दिल्लीबाटै थाले पहल

0
378

काठमाडौं ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारत र नेपालका लागि भुटानी राजदूत मेजर जनरल भेट्सप नामग्यालसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित भुटानी राजदूतावासमा भएको भेटमा द्विपक्षीय सम्बन्धबारे चर्चा भएको नेपाली दूतावासले जनाएको छ ।

राजदूत शर्माले भुटानी राजदूत नामग्यालसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।

भेटमा नेपाल-भुटान द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको र दुई देशबीच पारस्परिक हितका विषयमा सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा भएको उनले उल्लेख गरेका छन् ।

भुटानी शरणार्थी समस्या लगायत विषयले नेपाल र भुटान सम्बन्ध सुमधुर छैन । राजदूत शर्माले दिल्लीबाटै सम्बन्ध ट्रयाकमा ल्याउन पहल थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here