प्रजापति सामुदायिक बनलाई पर्यटकीय स्थल बनाउन शुरु

0
483

रमेश पोखरेल

झापा /

झापाको कनकाई नगरपालिका १ मा रहेको प्रजापति सामुदायिक बन उपभोक्ता समूहले आफ्नो बन क्षेत्र भित्र पर्यटकीय स्थल निर्माण शुरु गरेको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले पर्यटकीय क्षेत्र निर्माण कार्यको शिलन्यास गरेका छन् । प्रजापति सामुदायिक बन को बिस्तृत परियोजन प्रतिवेदन तयार गरी त्यसका आधारमा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएको र वन मन्त्रालय तथा स्थानीय निकायको समेत स्वकृति लिएर पर्यटकीय क्षेत्र निर्माणको काम सुरु गरिएको कनकाई १ का नव निर्वाचित वडा अध्यक्ष सुशील पोख्रेलले जानकारी दिए ।
सामुदायिक वनको दुर्गापुर दानावारी मार्गले छुने फारलाईन भन्ने स्थानमा ३.५ हेक्टर क्षेत्रफललाई समेटेर पर्यटकीय क्षेत्र निर्माण शुरु गरिएको र भबिष्यमा ५ हेक्टर क्षेत्रफललाई समेट्ने योजना रहेको बताइएको छ । वनले फाएरलाईन – गैडे आहाल – सुन्तली होली क्षेत्रलाई समेटेर पर्यापर्यटन क्षेत्रको बिकास गर्ने दिर्घकालिन लक्ष्य राखेको सामुदायिक वनकी सचिब गोमा अधिकारीले जानकारी दिइन् ।
कनकाई नगरका प्रमुख पोख्रेलले शिलन्यास गरिएको स्थान फाएरलाईनदेखि जामुनखाडी हँुदै धनुषकोटीसम्म वनको किनारै किनार रिङरोड बनाउने र त्यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई एक सूत्रमा जोड्ने सोच नगरपालिकाको रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here