उद्धघोषण तालिम सुरु

0
341

बिर्तामोड ,
झापाको बिर्तामोड स्थित सतगुरु श्री देवचन्द्र सदनको सभाहलमा ३ दिने उद्धघोषण तालिम सुरु भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश नं.१,जिल्ला कार्य समिति झापा,प्रारम्भिक समिति बिर्तामोड एवं श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल,प्रदेश नं.१,जिल्ला कार्य समिति झापा,ईकाई समिति सदगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । तालिममा ६० जना बढी सहभागी रहेका छन् ।


सतगुरु सदन बाइजुराज महिला समितिको अध्यक्ष विना डांगी र सतगुरु सदन युवा परिषद प्रा.स अध्यक्ष दिनोज बजगांईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वाइजुराज तालिम संयोजक अम्बिका कुंवरले गरेकी थिइन ।
सतगुरु सदन युवा परिषद प्रा.स.का उपाध्यक्ष तथा युवा परिषदका तालिम संयोजक विदुर खनालले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन युवा परिषद सचिव दिनेश भट्टराईले गरेका थिए ।
कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय उपाध्यक्षद्धय शारदा प्रसाद थपलिया, कृष्ण बजगांई, केन्द्रिय सदस्य चन्द्र डांगी, युवा परिषद केन्द्रिय सदस्य मदन अधिकारी, बाइजुराज महिला समिति केन्द्रिय सदस्य अस्मिता खनाल, प्रदेश १ युवा परिषद कोषाध्यक्ष दिपक शिवाकोटी, प्रदेश १ बाइजुराज महिला
समिति सदस्य मिरा बजगांई, प्रमिला गौतम र प्रेमकुमारी भट्टराई, बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा अधिकारी ओली, युवा परिषद झापा अध्यक्ष टहलदास ओली, सतगुरु सदनका अध्यक्ष हरिप्रसाद कडरीया, उपाध्यक्ष मिनप्रसाद गौतम लगायतको अतिथ्यता रहेको थियो ।
२१ गते सम्म सञ्चालन हुने तालिममा दिपेन्द्र पौडेल र सुवास रिजालले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here