रोङमा उद्योग बाणिज्य संघको तदर्थ समिति

0
496

गणेश अर्याल

इलाम,
इलामको रोङ गाउपालिकामा उद्योग बाणिज्य संघ गठन भएको छ । गाउपालिका भित्र ब्यवसाय गरीरहेका उद्योगी तथा ब्यापारीहरुको भेलाले संघको प्रारम्भिक समिति गठन गरेको हो ।
नगेन राईको अध्यक्षतामा बनेको तदर्थ समितिको उपाध्यक्षमा अर्जुन ढकाल, कोषाध्यक्ष सीता न्यौपाने तथा सचिबमा डायमण्ड तिम्सिना चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, निलकृष्ण ढकाल चिन्तामणी बराल, अस्मित लेप्चा, रबिन दर्जी भोलानाथ वाइबा, माधब निरौला द्रोण आचार्य र अञ्जु गुरुङ रहेका छन् । ब्यवसायी समेत रहेका रोङ गाउपालिका वडानम्बर ३ का वडाअध्यक्ष मात्रिका बरालको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । गाउपालिका भित्र ब्यवसाय गर्ने सबै ब्यवासायिहरुलाई सगठित गरी ब्यवसायीको हक हितमा कार्य गर्न समिति गठन भएको नवगठित समितिका सचिब डायमण्ड तिम्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here