कमल वाल संजालको आयोजनामा बृहत बाल भेला

0
402

कमल ,कमल वाल संजालको आयोजनामा आज झापाको कमल गाउँपालिकामा बृहत बाल भेलाको आयोजना गरिएको छ ।
बालबालिकाको क्षमता अविवृद्धी का साथै समाजका विभिन्न क्षेत्रमा बालबालीकाले भोगेको समस्यालाई पैचान गरी गाउँपालिकाले तयार गर्ने आगामी वर्षको निति कार्यक्रम र बजेटमा समावेस गर्नकालागी बाल भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिकवर्षका लागी तयार पर्ने निती कार्यक्रम तथा बजेटमा बालबालीका का विभिन्न रुचि चाहान र भावनालाई समेट्न सकियोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको हो । बालबालीकाका विषयमा विज्ञले दिएको सुझाव भन्दा बालबालीका अफै उपस्थित भएर दिएको सुझाव प्रभावकारी हुने भएकोले पनि यो कार्यक्रम आयोजना गरिएको हो ।
त्यस्तै बालबालीका चहाना अन्तरगत स्वतन्त्र रुपमा खान ,आरामगर्न पढ्न, खेल्न ,हिड्डुल गर्न आफ्ना क्षमता स्वतन्त्र रुपमा देखाउन पाउनुपर्ने लगायतका अधिकारलाई निति,कार्यक्रम र बजेटमा समेट्नु पर्ने कमल बाल सन्जालका अध्यक्ष विनोद थापाले बताए ।
वालबालिकाले गर्ने विभिन्न कार्यक्रममा गाउँपालिकाले सहयोग गर्नुपर्ने हुन्छ । बालवालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधीको अनिवार्य सहभागीता जनाउनु पर्ने र बालबालीकाले गरेका निर्णयलाई कार्यान्वयन मा आवश्यक सहयोग गर्नुपर्ने वाल संजालकी सचिव भिमकुमारी बस्नेतले बताईन् ।
भेला बाट बालबालिको क्षमता अविवृद्धि गर्न आवश्य विभिन्न कार्यक्रम र समस्यालाई पैचानगरी प्राथमिकताको आधारमा लिपिबद्ध गरेर गाउँपालिकालाई बुझाउने छन् जसले गर्दा त्यस्ता कार्यक्रमलाई गाउँपालिकाले बजेट सहित आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्ने सहजकर्ता सुमन ढकालले बताए ।
“ खुशी राखौं बालबालिबाबो मुहार बालमैत्री कमल सम्वृद्धीको आधार” भन्ने नारा सहित गाउँपालिकालाई बालमैत्री स्थानिय शासन युक्त गाउँपालिका घोषणागर्ने अभियानमा छौ । त्यसकालागी ५१ वटा सुचक पुरागर्नु पर्नेहुन्छ । ५१ वटा सुचक मध्ये यो भेला पनि एउटा सुचकमा पर्दछ । यस भेला बाट हामी बालबालीका अपेक्ष, योजना,समस्या बुझ्ने छौ । त्यस्तै वाहारुले सामुहिक छलफल बाट निस्किएको कुरालाई गाउँपालिकाले आफ्नो वर्षिक कार्यक्रममा समेट्ने कमल गाउँपालिका महिला तथा बालबालीका शाखा प्रमुख रेनुका गौतमले बताईन् ।
भेल बाट बालबालीकाले घरपरिवार, विध्यालय,समुदाय तथा गाउँपालिका बाट भोगेका समस्या वा सवाल पैचानगरी प्राथमिकताको आधारमा गाउँपालिकाले वार्षिक कार्यक्रम बनाई कार्यक्रम सन्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here