कुनै पार्टीमा नजाने थापाको उद्घोष

0
650

झापा,नेपाली कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र भएका शेरवहादुर थापाले आफू कुनै पार्टीका नजाने बताएका छन् । लामो समयसम्म नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका थापाले स्थानीय तहको निर्वाचनमा आफू कनकाई नगरपालिकाको मेयरको रुपमा उम्मेद्वार रहने बताउँदै आएका थिए । तर, पार्टीले उनलाई टिकट नदिएपछि नेपाली कांग्रेस परित्याग गर्दै स्वतन्त्र भएका उनी मेयरको रुपमा चुनाव लडेका थिए । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कयुनिष्ट पार्टी(एमाले)का उम्मेद्वार राजेन्द्र कुमार पोखरेलले स्वतन्त्र उम्मेद्वारी दिएका थापा सहित नेपाली कांग्रेसका उम्मेद्वार रुद्र चिमरियालाई पछि पार्दै मेयरमा निर्वाचित भएका थिए ।
स्थानीय तहको निर्वाचनमा पराजित भएसंगै आफ्ना मतदाता र सुभचिन्तक भड्काउने हिसावले आफूमाथि भ्रमात्मक हल्ला फिजाएको भन्दै उनले सामाजिक सञ्जालमा आफू कुनै पार्टीमा नजाने र स्वतन्त्र भएर बस्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here