गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत

0
420

झापा,  ११ हजार रुपैयाँ पुरस्कार राशीको गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट नरेन्द्र ढकाल पुरस्कृत भएका छन् ।
पूर्बाञ्चल दैनिकको अनलाइन विभागका समाचार संयोजकका रुपमा कार्यरत ढकाललाई स्वतन्त्र पत्रकार महासंघको चौथो राष्ट्रिय महाधिवेशनमा उक्त पुरस्कार प्रदान गरिएको हो । स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका पुरस्कृत ढकाललाई गौडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सम्मानपत्र प्रदान गर्दै पुरस्कारको नगदराशी प्रदान गरेका थिए ।
योसंगै उद्घोष दैनिकका प्रधान सम्पादक तथा स्वतन्त्र पत्रकार संघका सल्लाहकार मोहन भण्डारीलाई २५ हजार रुपैयाँ पुरस्कार राशीको सामाजिक विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भण्डारी बिराटनगरमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । पुरस्कृत भण्डारीले सामाजिक विकासका लागि कुनै पार्टीको झण्डा नबोकी स्वतन्त्र पत्रकारिता गर्नु पर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here