एनएमवी बैंकद्वारा अर्जुनधारामा वृक्षरोपण: वातावरण संरक्षणमा नगर प्रमुख गोम्देनको जोड

२२ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

झापा,  पूर्बको पशुपति नाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वर धाम जाने सडक खण्डको डिभाइडर सरसफाई गर्दै एनएमबी बैंले वृक्षरोपण गरेको छ ।
विश्व वातावरण दिवसको अवसार पारेर एनएमवी बैंक प्रदेश नम्वर १ ले शनिश्चरे बजार पश्चिम धाम परिसरसम्मको सडकको डिभाइडरमा फूलका विरुवा रोपेको हो । विभिन्न प्रजातिका करिब एक सय बिरुवा रोपिएको एनएमबी बैंकका सिनियर विजनेश डेभलपमेण्ट मेनेजर प्रमोद शर्माले जानकारी दिए ।
वृक्षरोपणले वातावरण सफा र स्वाच्छ राख्न मद्धत पु¥याउने साधै अर्जुनधारा धाम जाने सडकको सौन्दर्यलाई समेत थप सुन्दर बनाउन फूलका विरुवा रोपिएको बताइएको छ ।


अर्जुनधारा नगरपालिकाका मेयर वलदेवसिंह गोम्देन तामाङले प्रमुख अतिथिको आसनबाट बोल्दै नगर सफा र सुन्दर राख्न बैंकले पु¥याएको योगदानको उच्च प्रशंसा गरेका थिए । उनले नगरको नीति तथा कार्यक्रममा यस्ता गतिविधि समेटिने र नगरलाई थप सुन्दर राख्न पहल गरिने बताएका छन् । उनले बातावरण संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै बातावरण संरक्षणमा जोड दिएका छन् ।
एमएमवी बैंकको प्रदेश १ का शाखा कार्यालयहरुका पदाधिकारीसहित स्थानीयवासी, जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए ।
वातावरण सफा र स्वच्छ राख्न बैंकले खेलेको भूमिका प्रशसायोग्य भएको भन्दै अर्जुनधारा नगरपालिका ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडा र ८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेतीले धन्यवाद दिएका थिए । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । यस वर्ष स्वच्छ, हरियाली जीवन शैली तर्फ परिर्वतनहरु उजागर गर्दै ‘ अर्ली वान अर्थ’ भन्ने मूला नाराका साथ यो दिवस मनाइएको हो । यसै क्रममा बैंकले पनि सामाजिक उत्तरदायित्व अन्तरगत अर्जुनधारामा फूल रोपेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here