
खानीहरुमा सधैँ पेट्रोलियम पदार्थ रहिरहँदैनन् र प्रदूषण पनि नघटाउने हो भने थुप्रै जोखिम थपिँदै छन् । त्यसैले पनि अब संसारभर अटोमोबाइल जगतको ध्यान विद्युतीय सवारी मा छ । कार्वन उत्सर्जन घटाएर पृथ्वीलाई मान्छेको बसोबास योग्य बनाउनुपर्छ भन्ने आवाज बलियो हुँदा विश्वव्यापीरूपमा वातावरणमैत्री योजनाहरु अघि बढेका छन् । त्यसैको एउटा महत्वपूर्ण पाटो हो भ्ख्, (भ्भिअतचष्अ ख्भजष्अभि) अर्थात् विद्युतीय सवारी ।
विश्वका सबैजसो मोटर निर्माताहरु यतिबेला इभीमा आकर्षित छन् । केहीले उत्पादनमा निकै ठूलो फड्को मारिसके, धेरैले प्लान्ट राख्दै छन्, केही पुरानो प्लान्ट विस्थापनको योजनामा छन् । केही वर्षयता इभीको विकासमा अटोमोबाइल जगतले ठूलो फड्को मारिसकेको छ । हामी आयातमा निर्भर भएकाले उद्योगका परिवर्तन केकस्ता छन् भनेर नजिकबाट हेर्न असमर्थ छौं । तर, बाटोमा अब बराबर देखिन थालेका इभीको संख्याबाटै संसार कता जाँदैछ भन्ने अनुमान गर्न गाह्रो छैन ।
इभी क्षेत्रको वर्तमान अवस्था बुझ्नको लागि विगतका वर्षमा के भयो भनेर हेर्न आवश्यक छ । २०१९ मा विश्वव्यापीरूपमा हल्का विद्युतीय सवारीको संख्या २०१८ को तुलनामा केवल ९ प्रतिशतले बढी थियो । यो अघिल्लो छ वर्षको वृद्धि दरबाट हेरिएको हो । जुन ५० प्रतिशतको थियो । वर्ष २०२० ले भने समग्रमा नयाँ कार दर्तामा ठूलो वृद्धि देखाउन सकेन । कोभिड–१९ को महामारी र त्यसपछि आएको आर्थिक मन्दीका कारण सबै प्रकारका कारको विश्वव्यापी बजारमा नकारात्मक असर परेको थियो । वर्षको शुरुमा २०२० को विश्वव्यापी इभी बिक्रीको दृष्टिकोण एकदमै अप्रत्याशित थियो । तर, समयले देखाए अनुसार सन् २०२० मा भएको कोरोना महामारी र त्यसका प्रभावका बाबजुद पनि आश्चर्यजनक रूपमा सकारात्मक साबित भयो ।
अब हामीबाट पनि ती दिन टाढा छैनन्, जब हामी राजमार्गमा निस्कन्छौं, मोडपिच्छे भेटिने होटल–रिसोर्ट र रेस्टुरेन्टहरुमा इभी चार्जिङको सुविधा हुनेछ । पेट्रोल पम्पहरुभन्दा धेरै इभी चार्जिङ प्वाइन्ट हुने छन् । केही समयका लागि सवारी आयात सरकारले निरुत्साहित गरे पनि जब खुल्छ, त्यसबेला भित्रिने सवारीमा इभीको संख्या उल्लेख्य रहने संकेत बजारले गरिरहेको छ ।
इभी ट्रेन्डले लिइरहेको गति
डी–कार्बनाइजेसन चुनौतिद्वारा सञ्चालित अधिकांश प्रमुख राष्ट्रहरूले अहिले गम्भीरताका साथ इभी बजारको वृद्धिलाई लिएका छन् । २०२१ मा भएको इभी बिक्रीको इतिहासमा ठूलो परिवर्तनकर्ता हो र यो वर्षको अन्त्यसम्ममा ६.४ मिलियन सवारीसाधन इभी र हाइब्रिड संयुक्त विश्वव्यापी रूपमा बिक्री हुने अपेक्षा गरिएको छ ।
इभीले २०५० को लागि निर्धारित शून्य उत्सर्जन लक्ष्यको महत्वकांक्षी उद्देश्यमा केन्द्रीय भूमिका खेल्ने रहेको छ । अटो मेकर र धेरैजसो देशहरुको उद्योग स्पष्टरूपमा यसको लागि तयारी गरिरहेको छ । अर्को उत्साहजनक कुरा त के हो भने इभी कारको बिक्री कति छिटो बढिरहेको छ । युरोपमा मात्रै इभी र हाइब्रिडले जनवरी र जुन २०२१ बीचको कुल कार बिक्रीको १४ प्रतिशत प्रतिनिधित्व गरेको छ । साथै २०२० को यही अवधिमा जम्मा सात प्रतिशत वृद्धि थियो । धेरै विज्ञहरुका अनुसार यो सही दिशामा गहिरहेको बताएका छन् । पूर्णरुपमा विद्युतीकरणमा जानको लागि बाटो अझै लामो छ ।
ग्लोबल इलेक्ट्रिक कार मार्केट सेयर र साइज
सन् २०२० विद्युतीय सवारीको बिक्रीको हिसाबले पहिले नै ठूलो फड्को मारेको थियो । २०२१ एक नयाँ इतिहासको सिर्जना भयो । अहिले बजार बढिरहेको छ । यसको विश्व बजार तीव्रगतिमा बढ्दै छ । आर्थिक वर्षको पहिलो छ महिना (अप्रिलदेखि सेप्टेम्बर)लाई हेर्दा २०२१ मा युरोपमा १.०६ मिलियन नयाँ सवारी दर्ता भएका छन् । चीनमा १.१४९ मिलियन नयाँ सवारी दर्ता र संयुक्त राज्य अमेरिकामा दुई लाख ९७ हजार नयाँ सवारी दर्ता भएकामा नयाँ इलेक्ट्रिक कार दर्ताको सबैभन्दा बढी हिस्सा रहेको स्रोतले बताउँछ । धेरै युरोपेली सरकारहरूले प्रस्तुत गरेका प्रोत्साहन उपायहरूले गर्दा पनि युरोपमा विद्युतीय कार दर्तामा भएको वृद्धि संख्या २०१९ यताको तुलनामा धेरै छिटो बढ्दै गएको छ ।
अन्य विद्युतीय सवारीसाधनहरूको अवस्था
यात्रु कारहरूले सामान्यतया इभी क्रान्तिको लागि सबै श्रेय पाउँछन् । बिस्तारै हरियाली हुँदै जाने यातायातका अन्य रूपहरूलाई पनि विचार गर्नु राम्रो हुने अटो मेकरहरु बताउँछन् । सार्वजनिक यातायातदेखि ई–स्कुटरहरू सम्पूर्ण यातायात उद्योग विद्युतीय बन्दैछ । २०२० र त्यसपछिको एउटा रोचक इभी प्रवृत्ति सार्वजनिक यातायात र साझेदारी अर्थतन्त्रसँग सम्बन्धित छ ।
२०१७ मा तिनीहरूको उदय भएदेखि इलेक्ट्रिक माइक्रो मोबिलिटी विकल्पहरू द्रूतरूपमा विस्तार भएका छन् । विशेषगरी २०२० वर्षको दोस्रो भागमा इलेक्ट्रिक माइक्रो मोबिलिटीले गति लियो । अमेरिकामा मात्रै २०२० मा विद्युतीय सहयोगी साइकल (ई–बाइक)को बिक्री दोब्बरले बढेको छ । उही समयमा, युरोपले पनि विद्युतीय स्कुटर (ई–स्कुटर)को उदय देखिरहेको छ । ग्लोबल इभी आउटलुक २०२१ का अनुसार १०० भन्दा बढी युरोपेली शहरहरूले ई–स्कुटर सञ्चालन गर्न थालेका छन् । निजी स्वामित्वमा रहेका विद्युतीय दुई÷तीन पाङ्ग्रे सवारीहरूको सबैभन्दा ठूलो एकाग्रता विशेष गरी चीनमा ९९ प्रतिशत छ ।
हेभी ड्युटी ट्रक (एचडीटी) विद्युतीकरणको क्षेत्रमा निर्माताहरु गतिशिलताका लागि आफ्नो प्रतिबद्धता देखाउँदै छन् । धेरै ट्रक निर्माताहरू सबै इलेक्ट्रिक भविष्यको लागि प्रयास गरिरहेका छन् । २०२० मा विश्वव्यापीरूपमा एचडिटी दर्ताहरू १०% बढेको थियो । एचडीटी विद्युतीय सवारीसाधनहरूको अवस्थित फ्लिटलाई बदल्नु विश्वका लागि महत्वपूर्ण छ । किनभने आईसीई इञ्जिन भएका एचडीटीले ७० प्रतिशत कार्वन उत्सर्जनको जिम्मेवार छन् । यस्तै एचडीटीले आईसीई इञ्जिन सवारीसाधनहरूको १० प्रतिशत मात्र हिस्सा ओगटेको छ ।
सन् २०२० देखि विद्युतीय बसको लोकप्रियता पनि बढेको छ । सन् २०२० मा विद्युतीय बसको विश्वव्यापी स्टक छ लाख थियो । चीनले मात्रै आफ्नो बजार प्रभुत्व कायम राख्दै गत वर्ष ७८ हजार नयाँ विद्युतीय बस दर्ता गरेको थियो । चिलीले २०४० सम्ममा आफ्ना सबै सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने लक्ष्य राखेको छ ।
इभी चार्जिङको अवस्था
सबैभन्दा धेरै चार्जिङ अझै पनि घर वा काममा हुन्छ । तर, सडकमा जति धेरै विद्युतीय सवारी साधनहरू घुम्छन्, भविष्यमा त्यति धेरै सार्वजनिक चार्जिङ प्वाइन्टहरू आवश्यक पर्नेछ । २०१९ मा सार्वजनिक रूपमा उपलब्ध इभी चार्जरहरु युरोपमा मात्र एक लाख ७५ हजार छन् । २०२५ सम्ममा १.३ मिलियन सार्वजनिक इभी चार्जरहरू र २०३० सम्ममा २.९ मिलियन पुग्ने अपेक्षा गरेका छन् ।
विश्वमा फास्ट चार्जिङ पनि सामान्य बन्दै गएको छ । फास्ट चार्जरहरूले लामो यात्रालाई धेरै राम्रो बनाउँछन् र निजी चार्जिङ पहुँच नभएकाहरूलाई विद्युतीय सवारी किन्नको लागि आकर्षित हुन सक्छ । यसले इभीलाई विश्व बजारमा अगाडि बढाउन सबैभन्दा प्रभावकारी तरिका हुन्छ । यसले लामोदुरी यात्रा गर्नेका लागि इभी राम्रो विकल्प हुन्छ ।
विद्युतीय सवारीसाधन र चार्जिङ प्रविधिको विकास
अर्को रोचक परिप्रेक्ष नयाँ इभीको पार्ट्स र चार्जिङ प्रविधिहरूको विकाससँग सम्बन्धित छ । विद्युतीय कार दर्तामा भएको वृद्धिले अटोमोटिभ लिथियम आयन ब्याट्रीको उत्पादनमा वृद्धि भएको छ । जुन २०१९ को तुलनामा ३३ प्रतिशतले बढेको छ । चीन ब्याट्री उत्पादनको लागि विश्वको ७० प्रतिशतभन्दा बढी उत्पादन क्षमताको अग्रणी देश बनेको छ । अरु देशमा पनि धेरै नयाँ ब्याट्री प्लान्ट निर्माणहरू २०२० मा घोषणा गरिएका छन् । किनकि ब्याट्रीको मागले गत वर्ष विश्वमा इभीको उत्पादन क्षमता नाघेको थियो । ब्लूमबर्ग एनईएफका अनुसार २०३० सम्ममा विश्वव्यापी ब्याट्री उत्पादनमा युरोपको हिस्सा ३१% सम्म पुग्न सक्छ । यसको तुलनामा महादेशको विश्वव्यापी ब्याट्री उत्पादन २०२० मा ७ प्रतिशत मात्र थियो ।
ब्याट्री विशेषताहरूमा विभिन्न प्रकारका विकासहरू, उपभोक्ता इलेक्ट्रोनिक्समा ब्याट्रीहरूको उच्च मागद्वारा सञ्चालित इभी व्यवसायलाई धेरै फाइदाहरू प्रदान गर्नेछ । इभी बजारको लागि थप प्राविधिक प्रगतिहरू समावेश छन्– जसमा ब्याट्री रसायनमा परिवर्तन, ऊर्जा घनत्वमा परिवर्तन र ब्याट्री प्याकको आकारमा परिवर्तन छन् । अन्ततः यी परिवर्तनहरूले ठूलो लागत कटौती र उत्पादन दक्षता वृद्धि गर्न नेतृत्व गर्ने व्यवसायी बताउँछन् । धेरै इभी उत्पादन प्लान्टहरूले नीति समर्थन बढेको कारणले उनीहरूको इलेक्ट्रिक कार उत्पादन क्षमता विस्तार गर्ने योजना बनाइरहेका छन् । यो ठूलो इभी बजारको लागि राम्रो समाचार हो । किनभने यसको मतलब इभीको आपूर्तिले मागलाई पुरा गर्न सक्षम हुनेछ ।
इभीको वातावरणीय प्रभाव
२०२० मा इभीले लगभग ८० टेरावाट–घण्टा बिजुली खपत गरेको छ । जसको ठूलो अनुपात चीनमा दुई पाङ्ग्रे सवारीसाधनहरूको छ । २०२० मा विश्वव्यापी रूपमा कूल बिजुली खपतको लगभग १ प्रतिशत विद्युतीय सवारीसाधनहरूमा मात्र समावेश छ, जब इभी पहिले नै विश्वव्यापी वाहन फ्लिटको ४.६ प्रतिशत हो ।
२०२० को अवधिमा ५० मिलियन टनभन्दा बढी कार्बन–डाइअक्साइड बराबर उत्सर्जन इभीको प्रयोगद्वारा विश्वव्यापी रूपमा बचत गरेको छ । व्यवहारमा इभीबाट हुने सबै उत्सर्जनहरू निर्माण प्रक्रियाको परिणामको रूपमा जन्मिन्छन्, जब कि समान तर्क आन्तरिक दहन इञ्जिन कारहरूमा लागू गर्न सकिँदैन । शून्य कार्वनको ठूलो योजनामा वातावरणीय प्रभावमा सार्वजनिक बहस गर्नेहरु इञ्जिन कारहरुभन्दा इभी कारहरुको पक्षमा परिणत भइरहेका छन् ।
यद्यपि यो सत्य हो कि इभीले बिजुली खपत बढाउँछ । त्यो भविष्यमा ऊर्जा उपयोगिताहरूको बचत अनुग्रह बन्न सक्छ । २०४० सम्ममा विद्युतीय सवारीसाधनहरूले स्थापित ब्याट्री भण्डारण क्षमताको ३० टेरावाट घण्टाभन्दा बढी जोड्नेछ । उपयोगिताहरूका लागि यसको मतलब इभीहरूले सस्तो ऊर्जा भण्डारण प्रस्ताव गर्छन् । हालको विश्वमा भएका इभी सम्बन्धित नीतिहरू सरकारी र स्थानीय नीतिहरूले इभी अपनाउनमा ठूलो भूमिका खेल्छन् ।
नेपालको स्थिति
नेपालमा विगत केही वर्षयता निजी सवारीसाधनका रूपमा विद्युतीय दुई पाङ्ग्रे र विद्युतीय कार पनि भित्रिएका छन् । नेपालमा हाल करिब छ हजार विद्युतीय दुई पाङ्ग्रे र एक हजार विद्युतीय कार रहेको नेपाल विद्युतीय सवारी संघ (भ्ख्ब्ल्) को अनुमान छ । वर्तमान सरकारको नियम अनुसार १०० किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा १० प्रतिशत, १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारी साधनमा १५ प्रतिशत र २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा ४० प्रतिशत भन्सार महशुल लाग्नेछ ।
नेपालमा पनि इभीको प्रयोग बढेको छ । सरकारले यसलाई सकारात्मकरूपमा लिएर करका दरहरु कम गरे पनि अपेक्षाकृतरूपमा प्रयोग उत्साहित भइसकेको मान्न सकिँदैन । कारण, शुरु–शुरुमा टेलिभिजन सेट विकास भएर बजारमा आएको जस्तै महँगा छन् इभी । निरन्तर प्रयोग र विकासले यो क्रमिकरूपमा सस्तिँदै जाँदा हामीले प्रयोग गर्ने साधन पनि विद्युतीय नै हो । (एजेन्सीको सहयोगमा)


























