अर्जुनधारामा थुनेलो रोकथाम गर्न कृषकलाई औषधी वितरण

0
420

अर्जुनधारा, पशुमा लाग्ने थुनेलो रोगको रोकथाम गर्ने उद्देश्यले झापाको अर्जुनधारा–१० र ११का कृषकहरुलाई आइतबार एक कार्यक्रमकोबीच निःशुल्क औषधी वितरण गरिएको छ ।
स्थानीय परिश्रमि मिश्रित कृषक समूह तथा दुध चिस्यान केन्द्रको कार्यालय परिसरमा आयोजित कार्यक्रममा वितरण गरिएका उक्त औषधीहरु नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाले उपलब्ध गराएको हो ।


समूहकी अध्यक्ष सीतादेवी रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान नगर प्रमुख हरिकुमार राना, नविनिर्वाचित वडाध्यक्षद्वय भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनामले उनीहरुलाई उक्त औषधी हस्तान्तरण गरेका थिए ।
शाखाका अनुसार ८५ जना कृषकलाई उक्त औषधी वितरण गरिएको थियो । समूहकी सचिव चन्द्रकला भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख पदमलाल राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here