सूर्यज्योतिमा ‘सूर्यज्योति इको क्लब’को विविध कार्यक्रम सम्पन्न

0
651

अर्जुनधारा, विश्व वातावरण दिवसको सन्दर्भमा आइतबार झापाको अर्जुनधारा–४स्थित सूर्यज्योति अङग्रेजी आवासिय माध्यमिक विद्यालय अन्र्तगत रहेको सूर्यज्योति इको क्लबले विविध कार्यक्रम गरि मनाएको छ ।
क्लबले वातावरण सम्बन्धी विभिन्न प्लेकार्डसहित ¥याली, विद्यालय र स्थानीय अर्जुनधारा स्वास्थ्य चौकीको परिसरमा वृक्षारोपणलगायत कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक गणेश बुढाथोकीले जानकारी दिए ।
सोही दिन नै क्लबले चालु शैक्षिक सत्रमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई लक्षित गरि स्वागत एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष तेजेन्द्र हुमागाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक एवम् निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) नगरका अध्यक्ष रुद्रप्रसाद सिटौलाले गरेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुले गीत, नृत्य आदि प्रस्तुत गरेका थिए । क्लबका सदस्य रोमन विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्ययद्वय विश्वकर्मा र आकृति आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here