पथरीशनिश्चरे,
पथरीशनिश्चरे -२ का किसानलाई निस् शुल्क जैविक मल वितरण गरिने भएको छ।
विशेषतस् वडा नं २ मा कृषि पर्वद्धनका लागि नगरपालिकको कृषि तथा पशु पन्छी शाखाले नगरस्थित साना किसान सहकारी संस्था लिमिटेड मार्फत जैविक मल खरीद गरी वितरण गर्ने भएको हो।
वडा नं २ का सबै किसानहरूलाई प्रतिकठ्ठा मा ८ केजीको दरले कूल ९ हजार केजी जैविक मल वितरण गरिन लागिएको नवनिर्वाचित वडाध्यक्ष नैनसिंह राईले जानकारी दिनुभयो।
वडा नं २ को वडा कार्यालयले एक सूचना प्रकाशित गरी गर्दै आगामी जेठ (२५ गतेदेखि प्रति कठ्ठा ८ केजी तौलका दरले किसानलाई वितरण गरिने भएको छ। सोका लागि किसानहरुले आफ्नो साथमा नागरिकता र धनीपुर्जाको एक ( एक प्रति आवश्यक कागजात लिएर आउन समेत अनुरोध गरेको छ।
ूनगरको कृर्षि तथा पशुपंक्षी शाखाले साना किसान सहकारी संस्था लिमिटेडमार्फत मल खरीद गर्ने सन्दर्भमा नगरको अघिल्लो ९ औं नगरसभाबाट पास भएकोमा पुनः १० औं नगरसभाले केही संशोधन सहित ७ लाख रुपैयाँ विनियोजन गरिएको प्रस्ताव पास भएको थियो । यसैगरी, १ लाख रूपैयाँ पशुचौपायाको लागि जैविक पौष्टिक आहारा किनेर किसानलाई वितरण गर्ने पनि प्रस्ताव पारित भएको थियो ू( पुर्व वडाध्यक्ष यामप्रसाद गुरागाईले भन्नुभयो।































