विमल दहाल,
इलाम
गरिबिका कारण उपचार अभावमा रहेका इलाम माई नगरपालिका वडा नम्बर – ९ का २६ वर्षीय शुक्र माक्रिहाङ राईको उपचार सहयोग गरिदिन उनकी श्रीमती सुजताले अपिल गरेकी छिन्।
श्रीमान वचाउन चाहान्छु भन्दै, श्रीमानको उपचार सहयोग गरिदिनु हुन सबै देश विदेशमा रहनु हुने मनकारी ब्याक्तिहरु सबैमा सुजताले आग्रह गरेकी छिन्। ूडाक्टरले छ महिना राख्नु पर्छ भन्नुभएको थियो, आर्थिक अभावले अस्पताल राख्न सकिएन, भनेको समय सम्म अस्पतालमा उपचार गराउन सक्दा केही सुधार हुने थियो, समय सम्म नसक्दा अवस्था जटिल वन्दै गएको छ, विरामी राईकी श्रीमती सुजता भक्कानिदै भन्नुहुन्छ-पाँच महिना अघि गोलिया काट्ने क्रममा रुखको हाँगा टाउकोमा लागि गम्भीर घाईते भएका राईलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल पुर्याएको भएपनि आर्थिक अभावले केही समय पछी घर ल्याईएको थियो।
ुशुक्र अहिले पनि वेहोस छन। तीन पटक टाउको र घाँटीको अप्रेसन गरिएको छ। नाँकबाट दैनिक ८र९ पटक माड खुवाएर राख्नु वाहेक अर्को विकल्प छैन। दिशा पिसाब अडिदैन, छिमेकी तथा श्रीमतीको सहायतामा वाहिर भित्र गरिने गरिएको छ। डाक्टरले ६ महिनामा होस आउँछ भन्नु भएको छ, आस गरेर पर्खि रहेको छु, श्रीमती सुजता बताउनु हुन्छ ।,
विरामी शुक्रको शरिरको पछाडी भागमा ठुला ठुला घाँउहरु वढ्दै गएका छन। राईको सम्पत्तिको नाममा २० हजार रुपैयाँमा किनेको एलानी जग्गा र सोही जग्गामा बनाएको सानो झुपडी वाहेक केही छैन। दुई छोरी र श्रीमती सहित शुक्र वनिबुतो गरेर रागापानीमा बसेका थिए।
शुक्रको दर्दनाक अवस्था भएदेखि उपचार त परकै कुरा परिवारका सदस्यलाई खुवाउने अन्न समेत घरमा छैन, नावालकको कारुणिक अबस्था देख्दा सबै संग सहयोगको अपिल आफुले पनि गरेको स्थानीय पत्रकार विरु पापो बताउनु हुन्छ।
यसै विच राईको दयनीय अवस्था सामाजिक सञ्जालमा आए लगत्तै प्रवासी इलामेली जनसम्पर्क मञ्च कुबेतवाट माई(४ निवासी चक्र कुलुङ राईले नगद २९ हजार ३ सय ७६ रुपैयाँ र करुणा फाउण्डेसन नेपाल इलामको सहयोगमा खाध्यान्न सहयोग भएको छ ।































