वैवाहिक वर्षगाँठमा विद्यालयलाई पङ्खा प्रदान

0
494

दुहागढी ।

वैवाहिक वर्षगाँठको अवसरमा झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयलाई एक दम्पतिले पङ्खा प्रदान गरेका छन् ।

हाल फिनल्याण्डमा रहेका स्थानीय रुष्मा मैनाली काफ्ले र सुमित काफ्लेले आफ्नो तेस्रो वैवाहिक वर्षगाँठको अवसर पारेर विद्यालयलाई ११ हजार मूल्यको ४ थान पङ्खा प्रदान गरेका हुन् ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्थानीय समाजसेवी एवम् दाताका बुवा गोपीराज मैनालीले विद्यालयका प्रधानाध्यापक विश्व थापालाई पङ्खा हस्तान्तरण गरेका थिए ।

पङ्खा ग्रहण गर्दै प्रधानाध्यापक थापाले दाताहरुलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here