बाल सुबोधिनी माविद्वारा जन प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

0
358

दुहागढी ।

बाल सुबोधिनी मा.वि. मेचीनगर १४ दुहागढीले वडाका नवनिर्वाचित जन प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

विद्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमका बिच मेचीनगर १४ नं वडाका वडाध्यक्ष बाबुलाल सुब्बा, नगर परिषद् सदस्यहरु लाल महमद मियाँ, दिपक सुबेदी, फूलकुमारी राजवंशी र विमला सेवालाई स्वागत तथा सम्मान गरिएको थियो ।

उहाँहरुलाई पूर्व प्रधानाध्यापक एवम् निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष भोला सुबेदी, प्रधानाध्यापक विश्व थापा, व्यवस्थापन समितिका सदस्य बद्रीनाथ फुयल लगायत शिक्षक विद्यार्थीले टिका, माला, खादाले सम्मान गरेका थिए ।

विद्यालयका सम्पूर्ण विद्यार्थीे उपस्थित कार्यक्रममा जनप्रतिनिधिहरुको परिचयसमेत गराइएको थियो । नव निर्वाचित वडाध्यक्ष सुब्बाले शैक्षिक क्षेत्रको विकासमा आफू पूर्ण प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक पदममप्रसाद मिश्रले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here