चोरीमा संलग्न एक व्यक्ति समानसहित पक्राउ

0
333

तेह्रथुम।

तेह्रथुमको लालीगुँरास नगरपालिका–९ स्थितबाट चोरीमा संलग्न एक जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन् । तामाङले जेठ २५ गते फेदाप गाउँपालिका–२ तेह्रथुमका प्रेमप्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरु ५ तोला, ५ आना र नगद एक हजार रुपैया सहित चोरी गरी फरार भएका थिए ।

चोरी भएको सुचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा लालिगुराँस नगरपालिका–९ काँडेस्थितमा लुकिछिपि बसेको अवस्थमा चोरी भएका सम्पुर्ण गरगहना र नगद सहित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here