आइपिइएफले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउने

0
397

काठमाण्डौं ।

अमेरिका समर्थित एशिया –प्रशान्त आर्थिक रुपरेखा(इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ) ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपीइएफमा अमेरिकासहित ११ वटा एशियाली देश सहभागी छन् । आइपीइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र चीनमाथिको भारतको आर्थिक निर्भरतालाई घटाउन भारतलाई सहयोग पुग्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । ​

आइपीइएफलाई आपूर्ति शृङ्खला विविधीकरणमा यथाशीघ्र अघि बढाउनुपर्ने तथा त्यसमा आर्थिक संलग्नताका ठोस आयोजना समावेश हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । पछिल्लो समय भारतले बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरेको छ ।

चीनसँगको भारतको व्यापार बृहत् छ । दुई देशबीचको व्यापार यो वर्षको पहिलो त्रयमासमा १५ं.३ प्रतिशतले बढेर ३१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सार विभागले जनाएको छ । भारतमा चिनियाँ लगानी पनि बढेको छ । अघिल्लो वर्ष चौध अर्ब डलरभन्दा बढी चिनियाँ लगानी भारतका उद्यम विकासका क्षेत्रमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here