पत्रकार साहले लिए विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी

0
360

विराटनगर ।

मोरङका एक सक्रिय सञ्चारकर्मीले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न दुई जना बिद्यार्थीलाई उच्च शिक्षासम्म पढाइ दिने जिम्मेवारी लिएका छन् ।

मोरङको सुनबर्षी नगरपालिका –३ मा बसोवास गर्दै आएका एभीन्यूज टिभीका संबाददाता वीरेन्द्र साहले सोही नपामा रहेको वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढ्दै गरेका अति विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षासम्म पढाउने जिम्मेवारी लिएका हुन् ।

सञ्चारकर्मी साहले दुवै विद्यार्थीलाई स्नातक तहसम्म पढाइ दिने घोषणा गरेका छन् । कक्षा–३ मा पढ्ने छात्रा कबिता कुमारी शर्मा र कक्षा–२ मा पढ्ने सन्तोष ठाकुरको पारिवारिक अवस्था नाजुक भएकोले उनीहरुको शिक्षादिक्षाका लागि आफूले अभिभावकीय जिम्मेवारी लिएको सञ्चारकर्मी साहले बताए ।

आफूले विद्यालयमा पढ्दा भोगेको जस्तै समस्या अरुले भोग्नु नपरोस् भनेर आर्थिक क्षमताले भ्याएसम्म ती बिद्यार्थीलाई स्नातक तहसम्म पढाउन सकेको सहयोग गर्नेछु’– सञ्चारकर्मी साहले भने । उनले दुवै बिद्यार्थीका लागि बार्षिक रुपमा पोशाक, आवश्यक स्टेशनरी लगायत अन्य आवश्यक खर्च सहयोग गर्ने गरी लिखित सहमति गरेको विद्यालयका प्रअ धनबहादुर बस्नेतले जानकारी दिए ।

आर्थिक अवस्था सवल भएका नेता, कर्मचारी, समाजसेवी, अधिकारकर्मी मात्र नभएर सञ्चारकर्मीहरुले समेत विपन्नहरुलाई पढ्नबाट बञ्चित हुन नदिन सहयोग गर्नुपर्ने सञ्चारकर्मी साह बताउँछन् ।

सानै उमेरमा कलाकारिता, पत्रकारितासँगै समाजसेवामा पनि सक्रिय रहेका २७ बर्षीय साहले यस अघि धेरै दुःखीहरुका लागि खाद्यान्न र उपचार सेवामा सहयोग जुटाइसकेका छन् ।

मोरङको सुनवर्षी नगरपालिका–२ सुगाबजार निवासी राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा वीरेन्द्रले २१ बैशाख २०७९ मा सोहीनगरपालिका–३ नम्बर वडा निवासी रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ बर्षीया सम्झना दर्नालसँग धार्मिक रिती अनुसार मागी विवाह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here