इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते

0
342

गणेश अर्यल,
इलाम ।

इलामको रोङ गाउँपालिका–४ मेची राजमार्गको बाघखोर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलामबाट झापा तर्फ आउँदै गरेको मे १ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट करिब ३ सय फिट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा चालक सागर प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

र्दुघटनामा सूर्योदय नगरपालिका–१२ र १३ नम्बर वडाका कैलाश राई र सुरेस राई घाईते भएका छन भने घाइतेहरुलाई उपचारको लागि झापाको बि एण्ड सी हस्पिटल लगिएको जोर कलश प्रहरी चौकीका टाफिक प्रहरी सन्तोष भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here