सुरुङ्गा, कात्तिक १५। शरणाामती–पन्थपाडामा भइरहेको जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा सुरुङ्गा सहकार्य युवा क्रिकेट क्लब फाइनलमा पुगेको छ ।
शुक्रबार भएको खेलमा चप्रामारी क्रिकेट क्लबलाई ४० रनले पराजित गरी सुरुङ्गा सहकार्य युवा क्रिकेट क्लब फाईनलमा पुगेको हो ।
सुरुङ्गा सहकार्य युवा क्रिकेट टिमले दिएको ८१ रनको लक्ष्यलाई पछ्र्याउने क्रममा चप्रामारीले आफ्नो सबै विकेट गुमाई मात्र ४१ रन बटुलेको थियो । सुरुङ्गा क्रिकेट टीमका क्याप्टेन अनिस कट्टेलले ४ ओभरमा २० रन, दिव्यप्रकाश रायले २ ओभरमा ३ विकेट लिई मात्र ८ रन, विजय पौडेलले २ ओभरमा १ विकेट लिई केवल ४ रन दिए । खेलको म्यान अफ द म्याच सुरुङ्गाका बिक्रम खतिवडा भए । शनिवार (आज) को सेमिफाईनल खेल टाघनडुब्बा स्टार क्रिकेट क्लब र धनतोला क्रिकेट टिम भारतवीच हुने र त्यो म्याचमा जितेको टिमसँग सुरुङ्गाको फाइनल हुने सुरुङ्गा टिमका उपकप्तान मौसम अधिकारीले बताए ।