तलब बढाउन माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र

0
543

झापा,

विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संयुक्त सङ्घर्ष समितिले तलब वृद्धिको माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी देवमाया सुब्बासहित पुगेका टोलीले गाउँपालिकाका अध्यक्ष कालिन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा भनिएको छ ‘राष्ट्रसेवक कर्मचारीहरू जस्तै बाल शिक्षकलाई प्रावि सरह, लेखापाललाई खरिदार सरह र विद्यालय कार्यालय सहयोगीलाई सरकारको कार्यालय सहयोगी सरह तलबमान कायम गर्नुपर्ने, हाल वर्तमान अवस्थाको अकाशिँदो महँगीको अवस्थालाई मध्यनजर गरी अन्य सरह महँगी भत्ता अनिवार्य उपलब्ध गराउनु पर्ने, विद्यालय कर्मचारी तथा बाल शिक्षकहरूको सञ्चयकोष र गोल्डेन हेण्डसेकको व्यवस्था नियोजित ढङ्गबाट हुनुपर्ने, बाल शिक्षक तथा लेखा कर्मचारीलाई पुनर्ताजगी तालिमको व्यवस्था मिलाउनुपर्ने’ उल्लेख छ।

विद्यालय कर्मचारी तथा बाल शिक्षकहरूलाई दरबन्दी कायम गरी सामान्य प्रक्रियाबाट स्थायी प्रक्रिया अघि बढाउन केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने माग उनीहरूको छ।

‘कामको मूल्याङ्कन गरी गाउँपालिकाबाट अतिरिक्त प्रोत्साहन भत्ता दिने कार्यक्रम ल्याउनुपर्ने र सरकारको अनुदानबाट तलब भत्ता खाने बाहेकको कार्यरत कर्मचारीहरूलाई सरकारको अनुदान खाने सो सरहको व्यवस्था मिलाउनु पर्ने’ ज्ञापनपत्रमा उल्लेख छ।

सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको छ। विद्यालय कर्मचारी, लेखापाल र बाल विकास शिक्षकको तलब वृद्धिको विषय सरकारले कुनै सम्बोधन नगरेको अवस्थामा त्यसको व्यवस्था तत्काल स्थानीय सरकार अर्थात् गाउँपालिकाले मिलाउने पर्ने माग सारिएको नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवल अध्यक्ष भीमबहादुर राईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here