आर्थिक वर्ष सकिन एकमहिना बाँकी रहदैं मेची भन्सार कार्यालय काँकरभिट्टाले पुरा गर्यो वार्षिक राजस्व

0
534

लक्ष्मी उप्रेती,
मेचीनगर ।

चालु आर्थिक वर्ष २०७८/०७९ समाप्त हुन एकमहिना बाँकी रहदैं मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुलीमा उल्लेखिय प्रगति गरेको छ । आर्थिक वर्ष समाप्त हुनु अघि नै उस्ले आफ्नो राजस्व असुली वार्षिक लक्ष्य पुरा गरेको हो ।

प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार कार्यालयले एघारमहिनामै आफ्नो वार्षिक लक्ष्य पुरा गरेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ का लागि कार्यालयलाई भन्सार विभागले १५ अर्व ७५ करोड ४७ लाख ८७ हजार रुपैयाँ वार्षिक राजस्व लक्ष्य दिईएको छ ।

कार्यालयले भने जेठ ३० गतेभित्रैमा १५ अर्व ८७ करोड १२ लाख १८ हजार ५ सय ८९ रुपैयाँ वा १ सय ७४ प्रतिशत राजस्व संकलन गरेको छ । वार्षिक लक्ष्यको तुलनामा संकलित राजस्व ११ करोड ६४ लाख ३१ हजार ५ सय ८९ रुपैयाँ बढी हो । पछिल्लो समय पूर्वीनाकाबाट पेटो«लियम पदार्थ भित्रिन थाले लगत्तै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा समेत उल्लेखिय प्रगति भएको कार्यालयको भनाई छ ।

केहीवर्षअघिसम्म विराटनगर नाका भएर ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । तर, पछिल्लो केही महिनादेखि काँकरभिट्टा नाका भएर भारीमात्रामा पेट्रोलियम पदार्थ आयात हुन थालेको भन्सार अधिकारीहरुको भनाई छ । विराटनगर भन्सारसम्म पुग्दा ढुवानी बढी भएको र काँकरभिट्टा नाका भएर आउँदा छोटो बाटो र सहज हुने भएकाले अहिले यस नाकाबाट अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्सार अधिकारीहरुको भनाई छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् । वार्षिक लक्ष्य एघारैमहिनामा पुग्न काँकरभिट्टा नाकाबाट हुने पेट्रोलियम पदार्थ आयात नै प्रमुख रहेको प्रमुख भन्सार अधिकृत ओलीको दावी छ । नेपालमा पेट्रोलियम पदार्थको खपत अत्याधिकरुपमा हुने र झण्डै ६२ प्रतिशत भन्दाबढी पेट्रोलियम पदार्थ आयात भएको उहाँको भनाई छ । विगतको वार्षिक लक्ष्य अनुसार १ सय १० प्रतिशत ग्रोथ रेट रहेको उहाँको भनाई छ ।

आर्थिक वर्ष शुरुभएदेखि नै हरेक महिना कार्यालयले लक्ष्यको अनुपातमा राजस्व असुली बृद्घि गदैं आएको थियो । साउनको मासीक लक्ष्य ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भएपनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार ७ सय ७९ रुपैयाँ असुली भएको थियो । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो ।

कार्यालयका सूचना प्रविधिका कम्प्यूटर अपरेटर अरुण शाहका अनुसार भदौमा कार्यालयले १ अर्व २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएको थियो । त्यो महिना १ अर्व ३० करोड ७७ लाख ६४ हजार ६ सय २६ रुपैयाँ वा १ सय ७ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको थियो । असोजमा १ सय ८ दशमलव ७५ प्रतिशत वा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार ३ सय ८५ रुपैयाँ रुपैयाँ राजस्व संकलन गरेको शाहले जानकारी दिनुभयो । असोजको लक्ष्य भने १ अर्व २४ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो ।

कात्तिक महिनाको लक्ष्य १ अर्व ३१ करोड ९७ लाख २७ हजार लक्ष्य भएपनि १ अर्व १६ करोड ९३ लाख ६९ हजार १सय १८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको थियो । मंसिर महिनामा कार्यालयले १ सय ५ दशमलव ६५ प्रतिशत राजस्व संकलन गरेको छ । १ अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य पाए पनि १ अर्ब ४० करोड २३ लाख ५८ हजार ८ सय १६ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । पुस महिनामा १ अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा १ अर्ब ३७ करोड ९२ लाख ७ हजार ५ सय ७५ रुपैयाँ वा १ सय १ दशमलव ८८ प्रतिशत राजस्व संकलन गरेको छ ।

यसैगरी माघ महिनामा १ अर्व ३८ करोड ७९ लाख २९ हजार ४ सय ९५, फागुन महिनामा १ अर्व ७५ करोड ३६ लाख ४३ हजार २७, चैत महिनामा १ अर्व ६८ करोड ५९ लाख ५३ हजार ९ सय १७ रुपैयाँ राजस्व संकलन गरेको शाहको भनाई छ । बैशाख महिनामा १ अर्व ४७ करोड २२ लाख ८ हजार ५ सय १६ तथा जेठ ३० गतेसम्ममा १ अर्व ५८ करोड ४८ लाख १० हजार ६ सय ३१ रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेय पदार्थले धानेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको छ ।

पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।

मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here