ओखलढुङ्गा ।

ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका–३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर स्थानीय एक बालकको मृत्यु भएको छ ।
चम्पादेवी–३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओतबहादुर श्रेष्ठका ६ बर्षीय छोरा भीमबहादुर श्रेष्ठलाई अचानक भीर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए ।
ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























