जिल्ला समन्वय समिति मोरङमा एमालेका प्यानलै विजयी

0
367

पथरीशनिश्चरे,

एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई तथा उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन् ।

आज मंगलबार सम्पन्न जिसस माेरङकाे निर्वाचनमा प्रमुख तथा उपप्रमुखसहित एमालेका तर्फबाट उम्मेदवारहरु प्यानलै निर्वाचित भएका हुन्।

प्रमुख राइ तथा उपप्रमुख झा दुवै जनाले २१/२१ मत ल्याएका हुन् । निकटतम प्रतिद्वन्द्वी प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् ।

यसैगरी, महिला सदस्यमा एमालेकै उमा नेपाली ( २३) , उर्बसी कुमारी थारु( २१ ) र हरिमाया विश्वकर्मा(२१ मत) विजयी भएका छन् ।

यस्तै , अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२मत , देवमणि कटुवाल २१ मत तथा मित्रप्रसाद ढकालले २२ मत ल्याएर विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here