नौमती बाजा संरक्षणमा जुटे महिला

0
477

गोपाल अधिकारी,
बिर्तामोड।

नेपालको मौलिक बाजाको रुपमा रहेको नौमती पञ्चेबाजा संरक्षणमा महिलाहरु जुटेका छन् ।

बिर्तामोड नगरपालिका–१ चारपानेमा फुर्सदिला र मन मिल्ने ११ जना गृहिणीहरु पूर्वेली महिला नौमती बाजा समूहमा आबद्ध भएर लोपोन्मुख अवस्थामा रहेको एकल जातिले मात्र बजाउने बाजाको रुपमा हेरिँदै आएको बाजा संरक्षण, सम्बद्र्धन तथा पुरुषले जस्तै महिलाहरु पनि जातीय सोचभन्दा माथि उठेर समाज रुपान्तरणका लागि गाउन बजाउन सक्छन् ।

यस्तै उदाहरण बनेका महिलाहरु शान्तादेवी पौडेल र मनिषा पाठक सिटौलाको प्रेरणा तथा अमरबहादुर दर्नालको एक महिने प्रशिक्षण पश्चात २०७९ असोजबाट विवाह, ब्रतबन्ध, गुन्यूचोली, सभा–सम्मेलनमा प्रस्तुति दिँदै आइरहेका छन् ।

नौमती बाजाका नौ तालहरुमा नरसिंहा चन्द्रकला ढकाल र सुशिला दाहाल, सहनाई मीरा चम्लागाई र कृष्णमाया बुढाथोकी, टेम्पो शोभा घिमिरे, दमाहामा मनिषा पाठक सिटौला, वाम्तालमा कल्पना भट्टराई, ढोलकमा धनकुमारी भट्टराई, झ्याम्टामा कल्पना खतिवडा, मादल पुजन बाराकोटी, झ्याली अञ्जना अर्यालले अर्जुनधारा–८ कदमगाछीस्थित हरि सापकोटा र प्रिया कार्कीको वैवाहिक कार्यक्रममा प्रस्तुति दिएका थिए ।

हालसम्म झापा, मोरङ, इलाम, दार्जिलिङ, सिक्किम, शिलगुढीमा समेत ५०औं पटकभन्दा बढी बाजा बजाएर मनोरञ्जन दिएको संस्थाकी अध्यक्ष शोभा घिमिरेले जानकारी गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here