न्यूटन्स् बालक्लबद्धारा फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामाग्री

0
495

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका ५ मा रहेको न्यूटन्स् एजुकेसन एकाडेमीमा रहेको न्यूटन्स् बालक्लबले फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बिर्तामोड–१० स्थित बिराट आधारभूत बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । न्यूटन्स् एजुकेसन एकाडेमीमा रहेको न्यूटन्स् बालक्लबको आयोजनामा २५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।

न्यूटन्स् बालक्लब अध्यक्ष अर्पणा लोहनीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण बिमलीले स्वागत गर्दै फरक क्षमता भएका बालबालिकाको बारेमा प्रस्ट्याएका थिए । आयोजक बालक्लबले सबै बालबालिकाको अधिकार बराबर भएकाले पठनपाठनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष लोहनीले बताइन् ।

बालबालिकालाई ब्याग शैक्षिक सामाग्री र खाजा वितरण गर्दै क्लबको रचनात्मक गतिविधिले बालबालिकालाई समाज प्रति उत्तरदायी बनाउन मदत पुग्ने उनीहरुले बिश्वास लिएका छन् । कार्यक्रममा निमित्त प्रधानाध्यापक भद्रकला प्रसाईं , बबिना भट्टराई लगायतको उपस्थिति रहेको थियो । बिराट बालक्लब फोकल पर्सन रंगलाल न्यौपानेले बालक्लबले बालबालिका संगै जोडिएर गरेको कामको प्रसंशा गर्दै धन्यवाद दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here