कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

0
644

रामपुर (पाल्पा), 

कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ ।

पाल्पाको रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।

डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् ।

वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here