महालक्ष्मी विकास बैंक बिर्तामोड शाखाले गर्यो पुस्तक बितरण

0
269

बिर्तामोड , महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले झापाको बिर्तामोड वडा नं.३ बिर्ताबजारमा रहेको अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक बितरण गरेको छ ।
बैंकको २८ औं वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक बितरण गरेको बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले जानकारी दिए ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आइरहेकोमा बिर्तामोड शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको उनले बताए । उनले आगामी दिनहरुमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्ने बताए।
अनारमनी पब्लिक क्याम्पसमा बीबीएस संकायमा अध्ययनरत् बिद्यार्थीलाई लक्षित गरी बीबीएस संकायका विषयगत पुस्तक वितरण गरिएको उनले बताए ।
अनारमनी पब्लिक क्याम्पसमा रहेको पुस्तकालयमा पर्याप्त पुस्तक नरहेको अवस्थामा आफूहरुले प्रदान गरेको पुस्तकले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा मिल्ने उनले बताए ।
अनारमनी पब्लिक क्याम्पसमा बीबीएस संकायका विभिन्न बिषयका ५० हजार मूल्य बराबरका ९७ थान पुस्तक प्रदान गरिएको महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाकी अप्रेसन ईञ्चार्ज वनिता पोखरेलले जानकारी दिइन् ।
कार्यक्रममा अनारमनी पब्लिक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोखरेल , क्याम्पस प्रमुख मोहन शिवाकोटीलगायतले महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले पुस्तक प्रदान गरेर ठूलो गुन लगाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here