सरकारले रेल प्रभावितहरूलाई तत्काल मुआब्जा दिनु पर्छ: एमाले अध्यक्ष ओली

0
390

काठमाण्डाै।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व पश्चिम रेलमार्गका प्रभावित नागरिकलाई सरकारले तत्काल मुआब्जा दिनु पर्ने बताउनु भएकाे छ ।

रेल प्रभावितहरूकाे प्रतिनिधि मण्डलसंग कुरा गर्दै रेल नेपालकाे समृद्धिकाे महत्वपूर्ण साधन भएकाले पनि रेलमार्गमा पर्ने जमिनकाे मुआब्जा तत्काल दिएर सरकारले जग्गा अधिग्रहण गर्नु पर्ने धारणा राख्नु भएकाे पूर्व पश्चिम रेल प्रभावित मुआब्जा निर्धारण तथा समन्वय समितिका अध्यक्ष डा लक्ष्मी प्रसाद मैनालीले बताउनु भयाे ।

मैनालीकाे नेतृत्वमा एमाले अध्यक्ष ओलीलाई भेट गर्न वहाँकै निवास बालकाेट पुगेकाे रेल प्रभावितहरूकाे प्रतिनिधि मण्डलसंग कुरा गर्दै पुर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले भन्नू भयाे,` मुआब्जा दिंदा रेलकाे मार्गमा नपर्ने तर सानाे टुक्राे जमिन मात्रै बाँकी रहने अवस्थामा त्यस्ताे जमिन पनि सरकाले मुआब्जा दिएर लिनु पर्छ ।´

ओलीले मुआब्जाकाे बिषयलाई आफुले गम्भीर रूपमा लिएकाे समेत बताउनु भयाे । प्रभावितहरूकाे तर्फबाट समन्वय समितिले ५ बुदे ज्ञापन पत्र समेत ओलीलाई बुझाईएकाे महासचिव रञ्जित प्रसाईले जानकारी दिनु भयाे ।

भेटमा प्रभावितहरूकाे तर्फबाट अध्यक्ष मैनाली सहित उपाध्यक्ष ओम विमली, रमेश दाहाल, सुशील शाह, महासचिव प्रसाईं, सचिव ज्ञानेन्द्र निराैला, सदस्य बिश्वराज न्याैपाने, राजन शर्मा र मिना श्रेष्ठले प्रभावितहरूकाे अवस्था र मुआब्जामा भएकाे ढिलाईका कारण आईपरेकाे समस्याका बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराउनु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here