मानिस कहिल्यै पूर्ण हुँदैन

५ असार २०७९, आईतवार मा प्रकाशित

समाजमा विभिन्न प्रकृतिका मानिसको बसोबास गरिरहको हुन्छन् । धर्तीमा जन्मेका हरेक व्यक्तिसँग त्यस्तो विशेषता वा शक्ति हुन्छ । त्यो अर्को व्यक्तिसँग हुँदैन । सायद यही नै होला मानव–मानवबीचको फरकपन । त्यसैले भन्ने गरिन्छ संसारमा कुनै पनि मानिस पूर्ण हुँदैन । आफूभित्र भएको शक्ति वा क्षमता थाह पाउन वा पहिचान गर्न नै ठूलो कुरा हो । मान्छेभित्र भएको इच्छा शक्ति, शाहस र दृढ लगन नै मान्छेलाई मान्छे भएको र धर्तीको रंगीन जीवनको पूर्ण उपभोग गर्न सकेको महशुस गर्छ ।

हरेक मान्छे आ–आफ्नो विशेषतामा जन्मेको हुन्छ । यदि उसले आफूलाई चिनेपछि कोही पनि यस धर्तीको बोझ हुँदैन । साहित्यकार झमक घिमिरेद्वारा लेखित आफ्नै जीवनमा आधारित जीवन काँडा कि फूल भन्ने पुस्तकमा उनले जीवनमा गरेको संघर्ष र अरु मान्छेभन्दा फरक भएर जन्मिँदा आफ्नै अभिभावक, परिवार र समाजले उनीप्रति गरेको अपहेलना, दुव्र्यवहार र हेलाका वावजुत पनि आफूप्रति भएको अन्याय, अत्याचार र शिक्षा प्राप्ति गर्न गरेको संघर्ष र दृढता जुनसुकै व्यक्तिको लागि ठूलो प्रेरणाको स्रोतका साथै शारीरिक मानसिकरुपमा फरक बिशेषता भएका व्यक्ति धर्तीका बोझ हुन्छन् भन्नेहरुका लागि ठूलो चुनौति हो भन्दा फरक पर्दैन ।

अहिलेको समाजमा शारीरिक र मानसिकरुपमा सबल भएका व्यक्तिहरु पनि आफू केही गर्न नसक्ने असाय बनेर पहिचान गर्न पछि पर्दैनन् । मान्छे गरीब, दुःखी र असहाय कहिले हुँदैन । यदि उसले आफूलाई सकारात्मक रुप र दृढ इच्छाबाट आफूमा भएको शक्तिलाई पहिचान गर्न सक्यो भने जीवनमा सबै व्यक्ति सकारात्मक सोच र लगनका साथ अगाडि बढ्ने प्रयास गनुपर्छ । यदि जिन्दगीका पानाहरुमा विभिन्न रंग पोखिने क्रम निरन्तर चलिरहे पनि दुःख, पीडा, खुशीमा जहिले पनि सफलता पनि लुकेको हुन्छन् ।

जीवनमा काडैकाँडा भए पनि त्यसलाई पन्छाएर फूल खोज्नुपर्छ । त्यही मानव जीवनको सार्थकता हो । कुनै पनि व्यक्ति पूर्ण हुँदैन । किनभने सृष्टि नै त्यसरी भएको हुन्छ । जहाँ अपूर्णताको बीचमा पूर्णता ल्याउनुपर्छ । हुन त आफ्नो जन्मदिने आमाबुबाले पनि सफल र सक्षम सन्तानलाई जस्तो माया–ममता, शारीरिक र मानसिकरुपले असक्षम व्यक्तिलाई दिएको पाइँदैन । व्यक्तिभित्र पनि बिशेषखालको प्रतिभा लुकेको हुन्छ । जसलाई बाहिर ल्याउने वातावरण हामी सबै व्यक्ति, परिवार, समाज र राष्ट्रले दियो भने जीवनमा कुनै पनि कुरा असम्भव हुँदैन भन्ने सबैले बुझ्न जरुरी भइसकेको छ ।

समाज रुपान्तरणको लागि सकारात्मक बहस हुन जरुरी छ । हामी मान्छेको रुपलाई हेरेर त्यसको मूल्यांकन गर्ने गर्दछौं । जसको क्षमता कति छ भन्ने कुरा उसलाई जिम्मेवारी नदिइकन थाह नै हँुदैन । हामी जहिले पनि र जे काम गर्दा पनि नकारात्मक कुराबाट शुरु गर्छौं या भनौं हो हुन सक्दैन यो सम्भव नै छैन यो काम म गर्न सक्दिनँ भन्ने वाक्याशबाट शुरु गर्ने हुनाले पनि हामी सफलता प्राप्त गर्न सक्दैनौं । आम सञ्चारमाध्यम हेर्दा पनि हामी सकारात्मक समाचारभन्दा नकारात्म समाचार पढ्न रुचाउँछौं । सफलताको कथाभन्दा असफलताको कथा पढ्छौं । पछिल्लो समयको युवापुस्ताले त सामाजिक सञ्जालमा नकारात्मक कुरालाई बढी प्राथमिकता दिएर हेरेको पढेको र सुनेको हुन्छ । यति मात्र होइन सामाजिक सञ्जालमा सकारात्मक कुराभन्दा पनि बढी हामी नकारात्मक कुरालाई जोड दिएर पोष्ट गर्ने गर्छौं ।

यस्ता कुराहरुले हाम्रो समाजमा सकारात्मक सन्देश प्रवाह गर्दैन । जीवनमा सबै व्यक्ति सकारात्मक सोच र लगनका साथ अगाडि बढ्ने हो भने हाम्रो समाज र देशलाई पनि सफलतातिर लान सकिन्छ । हुन त मानिस कहिल्यै पूर्ण हुँदैन । तर, उसले जे काम गर्छ त्यो सकारात्मक सोचका कारण गर्नुपर्छ या भनौं अरुले आफूलाई कस्तो व्यवहार गरोस् भन्ने चाहना हुन्छ, आफूले पनि सोही प्रकारको व्यवहार गर्नुपर्छ । मान्छेले गल्ती नै गर्दैन भन्न सकिन्नँ । गल्ति हुन्छ, तर त्यो गल्तीबाट सिकेरपछि त्यस्तो गल्ती दोहो¥याउनु हुँदैन यसो गर्न सकेमा मात्र मान्छेले आफ्नो विकाससँगै समग्र देशको विकासमा केही न केही टेवा दिन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here