राष्ट्रिय एथलेटिक्स संघको प्रदेश इञ्चार्जमा सिग्देल

५ असार २०७९, आईतवार मा प्रकाशित

झापा, झापाको बिर्तामोड ५ निवासी सामाजिक व्यक्तित्व विष्णु सिग्देल नेपाल खेलकुद महासंघ (नेकोस) अन्तरगत राष्ट्रिय एथलेटिक्स संघको प्रदेश इञ्चार्जमा चयन भएका छन् ।
पूर्व बन तथा भू संरक्षण राज्यमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सिग्देल प्रदेश इञ्चार्जमा चयन भएका हुन् । सिग्देल राष्ट्रिय एथलेटिक्स महासंंघको केन्द्रीय उपाध्यक्ष हुन् ।
प्रदेश स्तरीय भेलाबाट संघको अध्यक्षमा सिरिसलाल चौधरी चयन भएका छन् भने उपाध्यक्षद्वयमा ओष नारायण चौधरी र मुना पराजुली रहेका छन् ।
सचिवमा हेम नारायण चौधरी र सह सचिवमा दिवाकर राजवंशी चयन भएका छन् । १९ सदस्यीय समितिको कोषाध्यक्षमा प्रभु कुमार चौधरी चयन भएका छन् ।
प्रदेश स्तरीय संघले प्रदेश १ का १४ जिल्लामा राष्ट्रिय एथलेटिक्स संघ गठन गर्ने बताइएको छ ।
राष्ट्रिय एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष अनिरुद्र चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नेपाल खेलकुद महासंघ प्रदेश १ का इञ्चार्ज सन्तोष बान्तवा को विशेष आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here