पथरीशनिश्चरे सडक खण्डमा विद्युत बत्ती जडान कार्य शुरु

0
462

पथरीशनिश्चरे ।

सुरक्षा र सडक दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको मुख्य पूर्व–पश्चिम राजमार्गमा सडक बत्ती जडान कार्य शुरु भएको छ।

नगरपालिकाबाट आर्थिक बर्ष ०७८/०७९मा १९लाख बजेट विनियोजन भएपछि उक्त सडक बत्ती जडान कार्य शुरु भएको हो ।

पहिलो चरणमा वडा नं १० को जिरीखिम्तीबाट वडा नं –२ को हरियाली सामुदायिक वन भवनसम्म विजुली बत्ति जडान गरिने भएको छ ।

यो योजनामा विद्युत मिटर ट्राफिक प्रहरी कार्यालयमा जडान गरी संचालन गर्ने योजना रहेको पनि वडा नं २ का वडाध्यक्ष नैना सिंह साम्पाङ्ग राईले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here