देशको स्वाधिनता रक्षा र जनताको शान्ति–सुरक्षा नै सशस्त्र प्रहरीको निस्वार्थ लक्ष्यः डिआईजी कमल गिरी

0
859

तस्वीरः बिनोद पाण्डे/पूर्वाञ्चल

दमक, असार ६ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले परिवर्तित सुरक्षा चुनौतिहरु अनुरुप आफ्नो व्यवसायिक दक्षता समेत परिष्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा सम्पन्न सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्वोधन गर्दै डिआईजी गिरीले भविष्यमा आइपर्न सक्ने जुनसुकै किसिमका सुरक्षा चुनौतीहरुलाई सामना गरी देशको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्दै जनतामा शान्ति, सुरक्षा तथा अमन–चयनको अनुभूति दिलाउन सक्नु नै हाम्रो निर्दिष्ट र निस्वार्थ लक्ष्य हुनुपर्ने बताए ।
‘परिवर्तनशील संसारमा समयक्रमको परिवर्तन संगै सुरक्षाका चुनौतीहरु समेत परिवर्तन हुदै जाने भएकाले हिजोको जस्तो अवस्था आज छैन’– सि.सं.२३४ (ग) र (घ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त–समारोहका प्रमुख अतिथि गिरीले भने–‘हिजो जस्तो सुरक्षा व्यवस्था अपनाउँदा आजको अवस्थामा पर्याप्त नहुन सक्छ र भोलि अझ जटिल सुरक्षा चुनौतिहरुको सामना गर्नुपर्ने हुन सक्दछ ।’
दिक्षित सिपाहीलाई शुभकामना दिदैं गिरीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर कार्य क्षेत्रमा परिचालित हुन निर्देशन दिदैं भने–‘तालिममा सिकेका ज्ञान, सीप, कला र कौशलहरुको उचित प्रयोग गर्दै निस्वार्थ रुपमा तपार्इंका हरेक पाईलाहरु जनसेवामा नै केन्द्रित गर्नुहुनेछ भन्ने राष्ट्र तथा संगठनले अपेक्षा गरेको छ ।’
सशस्त्र प्रहरीले मुलुक र मुलुकवासीको हितमा उल्लेखनीय काम गरिरहेको उनले बताए । सशस्त्र प्रहरी संगठनको योगदानको चर्चा गर्दै उनले भने–‘मुलुकको स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि अहोरात्र खटिरहेको सशस्त्र प्रहरी बल, नेपालले आतंककारी गतिविधि नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, औद्योगिक तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, निर्वाचन सुरक्षा, भन्सार तथा राजश्व चुहावट नियन्त्रण, भी.आई.पी. एवं भी.भी.आई.पी.सुरक्षा जस्ता क्षेत्रहरुमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ ।’

समारोहमा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले तालिम सम्पन्न गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका १ सय ७९ जना सशस्त्र प्रहरी परिचरहरुलाई सपथ ग्रहण गराएका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here