सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0
266

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका–१३ पोर्ता का ५२ बर्षीय कुमार बस्नेत घाईते भएका थिए ।

घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । बलेरो र चालक स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान गरिहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here