‘तितो सत्य’ का राज विवाह बन्धनमा बाँधिए

७ असार २०७९, मंगलवार मा प्रकाशित

काठमाडौं ।

हास्य टेलिश्रृखला ‘तितो सत्य’ का चर्चित कलाकार राज आचार्य मंगलबार विवाह बन्धनमा बाधिँएका छन् ।

‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाका छोराको भूमिकाबाट राजले चर्चा कमाएका हुन् । राजले प्रमिका मोडल सुनिशा बजगाईसँग मंगलबार विवाह गरेका हुन् ।

राज र सुनिशाले केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । विवाहाको एक साता अघि उनीहरुले प्रि – वेडिङ फोटोसुट पनि गराएका थिए ।

उनले हाल चार्टर एकाउन्टेन्टको पढाई सकिसकेका छन् । उनले केही म्युजिक भिडियोहरुमा पनि काम गरेका छन् । उनका बाबु निर्देशक शंकर आचार्यले बनाएको फिल्म ‘लभ फरेभर’ बाट उनले नायकको रुपमा डेब्यु गरेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here