७ असार २०७९, मंगलवार मा प्रकाशित

झापा, झापाको बाह्रदशी गाउँपालिकामा ‘मानव जीवनका लागि योग’ भन्ने नारासहित आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशी गाउँपालिकाको आयोजनामा योग दिवस मनाइएको हो । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईको प्रमुख आतिथ्य तथा आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जटाशंकर झाको अध्यक्षमा यो दिवस मनाइएको हो । सो अवसरमा योग प्रशिक्षक रुद्र ओलीले योगका विषयमा प्रकाश पारेका थिए । उनले शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै गएको बताएका छन् ।
बाह्रदशी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दै मनाईएको यो दिवसमा त्यस क्षेत्रका शिक्षासेवी, नागरिक समाजका अगुवा, दलका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो ।
समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष चम्लगाईले योग शिक्षालाई विद्यालयस्तरबाटै अघि बढाइने र आयुर्वेद क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष वजेटको व्यवस्थापन गर्ने बताएका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता खरेल, प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाई, योजना अधिकृत तेजप्रसाद रेग्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा आनन्द योग समितिका अध्यक्ष घनश्याम गौतमले योग शिक्षाको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए ।
हरेका २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरित्छ । सोही अनुरुप यो दिवस मनाइएको वाह्रदशी आयुर्वेद शाखाका प्रमुख झाले बताए । बाह्रदशी गाउँपालिकास्थित ज्येष्ठ नागरिकको सभाहलमा भएको कार्यक्रमको सञ्चालन बाह्रदशी गाउँपालिका ४ का वडा सचिव राजु गिरीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here