भद्रपुर,
सामाजिक संस्था इनर व्हील क्लब अफ भद्रपुरले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
महिलाद्वारा सञ्चालित इनर व्हील क्लबले भद्रपुर ७ स्थित भृकुटी प्राविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
क्लबले विद्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत बाल कक्षादेखि ५ सम्मका ८० जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, रेजर लगायतको सामग्री वितरण गरेको क्लबकी कार्यकारी सदस्य लिना राई श्रेष्ठले जानकारी दिइन् ।
क्लबकी अध्यक्ष कुसुम अधिकारी पराजुली, उपाध्यक्ष निर्मला निरौला, कोषाध्यक्ष शारदा पराजुली, सदस्यहरू जानकी पोखरेल, अमृता पराजुलीसहितको टोलीले सो सामग्री वितरण गरेका हुन् ।
सामाजिक क्षेत्रमा क्रियाशील क्लबले यस अघि नगर क्षेत्रमा महिनावारी सचेतना तथा स्यानिटरी प्याड वितरण, विपन्न परिवारलाई न्यानो लुगा र जुत्ता वितरण समेत वितरण गरिसकेको जनाइएको छ ।