चोरीका घटना बढेपछि उद्योग वाणिज्य संघले थाल्यो सुरक्षा अन्तक्रिया

८ असार २०७९, बुधबार मा प्रकाशित

सुरुङ्गा ।

सुरुङ्गा बजार क्षेत्रमा दिनदहाडै सहकारी बैँक फोरिन थालेपछि कनकाई उद्योग वाणिज्य संघले सुरक्षा अन्तक्रिया थालेको छ ।

व्यापारी व्यावसायी र सरोकारवालाहरु समक्ष सुरक्षा सम्बन्धि अन्तक्रिया थालिएको हो । कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीको सभापतित्वमा सम्पन्न भएको अन्तक्रियामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई क्षेत्रको वढदो सुरक्षा चुनौतीको समाधानका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख रुवलबहादुर कुवँर, कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईँ, उद्योग वाणिज्य संघ प्रदेशका सदस्य कुमारमणि पोखरेल लगायातका साथमा यस क्षेत्रका राजनैतिक दलका प्रतिनिधि एवम अध्यक्ष, उद्योगी व्यापारी, बैँक तथा वित्तिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तक्रियाबाट यस क्षेत्रमा रात्रीकालिन चौकीदार थप्ने, सिसिटिभी र हरेक पसल तथा व्यापार व्यावसाय गर्नेले अनिवार्य रुपमा पसल र घर अगाडि उज्यालो बत्ती वाल्ने लगायातका निर्णय भएको कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यस अघि सुरुङ्गा बजार क्षेत्रमा केहि दिनकै फरकमा सुभेक्षा र भगवती बचत तथा ऋण सहकारी फोरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here