काठमाडौं,
राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक भएको छ ।
यही असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ३ मिनेट लामो ट्रेलरमा फिल्मको हिरोइन बन्न संघर्ष गरिरहेकी केकी अधिकारी र उनको पछि लागेका चारजना पुरुष पात्रको कथालाई देखाइएको छ । ट्रेलरमा हँसाउने नाममा भद्दा दृश्य र दुईअर्थी संवाद समेत प्रयोग गरिएको छ ।
फिल्ममा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, अनिता श्रेष्ठ, पुर्णचन्द्र पोखरेल, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्माको पनि अभिनय छ । ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्मातामा छन् ।
फिल्ममा दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स र साहिल खानले ट्रेलर तयार पारेका हुन् ।
फिल्मको देशभर वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ भने डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।-फिल्मीखबर,