विशाल र रेणुको उपचार सहयोगार्थ अपिल

८ असार २०७९, बुधबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ ।

२८ वर्षिय राई विगत १ वर्ष भन्दा अगाडी देखी सिकेलसेल एनेमिया ( शरिर रगत उत्पादन नहुने )रागका कारण विरामी हुनुहुन्छ । वहाँको अहिले काठमार्डौ स्थित सिभिल हस्पिटल मिनभवनमा उपचार गराई रहनुभएको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको उपचारकालागी ३० देखी ३५ लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ । अहिले सम्म भाईको उपचारमा ४ देखी ५ लाख सम्म खर्च भएको विरामी दाई धिरज राईले बताउनुभयो ।

त्यस्तै दमक नगरपालिका ७ की ५२ वर्षिय रेणु सन्तराजको उपचारमा सहयोगार्थका लागी समेत पत्रकार सम्मेलन गरिएको छ । सन्तराज दुबै मृगौला खराव भएका कारण हाल विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचारार्थ हुनुहुन्छ । आमाको उपचारमा आफु सग भएका सबैे जायजेथा खर्च भै सक्यो । अझ आमाको उपचारकालागी ३० देखी ४० लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ ।

आमाको उपचारकालागी यती धेरै रकम जुटाउने आफु संग कुनै श्रोत नभएका कारण छोरा मुकेश सन्तराजले सबै सग आमाको उपचारार्थ सहयोग गरिदिनुहुन अपिल गर्नु भएको छ । विशाल र रेणु प्रतिनिधी पात्र मात्र हुन् गाउँ समाजमा यस्ता थुप्रै विरामी धेरै हुन्ुहुन्छ ।

कतिले रोग लाई भित्रभित्रै दवाएर राख्नु भएको छ । भने कति छटपटाई रहनु भएको छ । यस तर्फ सरकारको ध्यान जान आवश्यक छ । नत्रभने आर्थिक अवस्था न्यून भएका नागरीकको अकाल मै ज्यान नजाला भन्न सकिदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here