फटबलमा ७२ लाख रुपैयाँ खर्च हुने

0
391

purwanchal
बिर्तामोड, कात्तिक १९ । अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गर्न लागेको सर्वाधिक राशीको राष्ट्रिय लिग फटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको झापा ११ लाई ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताएका छन् ।

आज दिउँसो बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष गुरुङले आर्थिक स्रोत बलियो हुने हो भने खेलाडीको मनोबल पनि मजबुत बनाउन सकिने बताए । संघका उपाध्यक्ष एवम् वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामाले प्रतियोगिताका लागि एन्फाले १५ लाख रुपैयाँ दिने तर त्यो रकम यातायात र खानामै खर्च हुने भएकाले सञ्चार माध्यम, राजनीतिक दल, उद्योगी, बैंक तथा वित्तिय संस्थाबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् ।
मंसिर तेस्रो साताबाट होम एण्ड अवे अन्तर्गत सञ्चालन हुने प्रतियोगितामा होम अन्तरगत झापाको डोमलाल रंगशाला, सरस्वती उच्च मावि दमकको खेल मैदान, आदर्श उच्च मावि बुधबारेको खेलमैदान लगायतका स्थलमा खेलाउने तयारी भईरहेको मामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here