दमकल कर्मचारीद्वारा सुरक्षा उपकरण माग

९ असार २०७९, बिहीबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

प्रदेश नं. १का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दज्र्यानी चिन्ह अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग पेश गरेका छन् ।

आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ज्ञापन–पत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताए ।

प्रदेश नंं १का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानून मन्त्रालय समक्ष माग पेश गरेको उल्लेख गर्दै उनले नगरपालिका र गाउँपालिका अन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदानहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताए ।

प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापन–पत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दज्र्यानी चिन्हसहित एउटै ढाँचाको पोशाकको व्यवस्था हुनुपर्ने माग गरिएको दमकल चालकले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here