सुबोधिनी माविमा युवा रेडक्रस सर्कल गठन

९ असार २०७९, बिहीबार मा प्रकाशित

दुहागढी ।

विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यले झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा आश्था सुबेदीको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।

विद्यालयमा बिहीवार आयोजित एक कार्यक्रमका बिच गठित सर्कलको उपाध्यक्ष विवेक लिम्बु, सचिव रितेश बोहोरा, सहसचिव मनिका न्यौपाने र कोषाध्यक्षमा रोमिसा काफ्ले चयन भएका छन् ।

सर्कलका सदस्यहरुमा विद्या सिंह, अरुण भट्टराई, खुशी खनाल, सन्तोष मुर्मु, सुहान घिमिरे र प्रशान्त राजवंशी रहेका छन् ।

त्यसैगरी सर्कलको परिचालनका लागि शिक्षक नायक मित्रलाल काफ्ले र सह शिक्षक नायकमा ईन्दिरा गौतम चयन भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले सर्कलका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here