टेलिकमद्वारा निःशुल्क इन्टरनेट वितरण

0
350

झापा ।

नेपाल टेलिकमले चन्द्रगढी स्थित विरेन्द्र माविलाई एफटीटीएच प्रविधिमा आधारित इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत उच्च गतिको इन्टरनेट सेवा नेपाल टेलिकम विर्तामोडका कार्यालय प्रमुख उपप्रवन्धक सुमित थापाले विहीवार विद्यालयमा आयोजित एक कार्यक्रम मार्फत् हस्तानान्तरण गर्नुभएको हो ।

इन्टरनेट सेवा हस्तानान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले यस सेवाबाट शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने विश्वास आफूले लिएको बताउनुभयो । विद्यालयमा उपलब्ध पूर्वाधारहरुको प्रशंसा गर्दै आफूले काठमाडौंमा अधिकांश विद्यालयहरुमा यहा¤जस्तो फराकिलो खेलमैदान, सेमिनार हल, कक्षाकोठाहरु नदेखेको र यसमा टेलिकमले आफ्नो सामाजिक उत्तरदायित्व महसूस गर्दै एउटा ईंट थप्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सो कार्यक्रमका विशेष अतिथि नेपाल टेलिकम चन्द्रगढीका कार्यालय प्रमुख सतीश कर्णले कम्पनी नाफामूलक मात्र नभई सेवामूलक संस्था पनि भएकोले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको विचार व्यक्त गर्नुभयो ।

उहाँले एफटीटीएच प्रविधिमा आधारित एउटै तारबाट फोन, इन्टरनेट र टेलिभिजन समेत चल्ने यो सेवा भरपर्दो, गुणस्तरीय र सस्तो रहेको कारण सेवाप्रति ग्राहकहरुको झुकाव अत्यधिक रहेको बताउनुभयो साथै क्रमशः चन्द्रगढीको सम्पूर्ण क्षेत्रमा छिट्टै नै सेवा बिस्तार गरिने कुरा बताउनुभयो ।

कार्यक्रमका सभापति विद्यालयका प्रअ खिलानाथ कोइरालाले नेपाल टेलिकमप्रति जनताको अत्यधिक विश्वास रहेको बताउदै कम्पनीले विद्यालयलाई उपलब्ध गराएको सेवाप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षिका मञ्जु दाहालले र संचालन स.प्र.अ. गिरीधर शर्मा कट्टेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here