डान्स क्लास हिँडेकी बालिकालाई भारत लैजाने प्रेमी–प्रेमीका पक्राउ

१० असार २०७९, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

झापा बिर्तामोडबाट एक बालिका शनिबारदेखि बेपत्ता भइन् । उनलाई भारततर्फ लैजाँदै गर्दा फेला पारियो र त्यस कार्यमा संलग्न दुई जना पक्राउ परे ।

पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ । बालिकालाई भारत लगेको आरोपमा प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका–५ मुक्तिचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका–४की १९ वर्षीया सिरिसा सिंह महथालाई प्रहरीले पक्राउ गरेको हो ।

घटना विवरण अनुसार झापा बिर्तामोडकी १३ वर्षीया बालिका शनिबार स्कूलमा डान्स क्लास छ जान्छु भन्दै हिँडेकी थिइन् । उनी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए ।

प्रहरीले बालिकालाई आइतबार फेला पा¥यो तर विराटनगरमा । एक युवक र एक युवतीले भारततर्फ लैजाँदै गरेको अवस्थामा ‘साना हात नेपाल’ नामक संस्थाको सहयोगमा ती बालिकालाई प्रहरीले नाकाबाट उद्धार गरेको थियो ।

शनिबार घरबाट स्कुल जान्छु भन्दै हिँडेकी बालिकालाई त्यस दिन राति हिराकुमार सहनीको डेरामा राखिएको थियो । भोलिपल्ट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीको दाबी छ ।

बालिकालाई बेच्न लगेको आशंका छ । पक्राउ परेका दुवै जनालाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here